शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७० तोला सुनसहित ४३ लाख चोरी गरेको आरोपमा युवक पक्राउ

सोमबार, ३० चैत २०७७, १८ : ०८
सोमबार, ३० चैत २०७७

काठमाडौं । प्रहरीले  ७० तोला सुनसहित  ४३ लाख बराबरको धनमाल चोरी गरेको आरोपमा म्याग्दीका दिलबहादुर पुनलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ–संस्था र सुनचाँदी पसलहरूमा चोरी गरेको आरोपमा तारकेश्वर बस्ने २८ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुनले गत फागुन १८ गते राती नवलपरासीको गैँडाकोटको काँग्रेस चोकस्थित मेनिका सुनचाँदी पसलको सटर फोडेर ७० तोला बराबरको सुनका गरगहनासहित अन्दाजी ४३ लाख बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप