पोखरामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु
पोखरा । पोखरामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत दुइ जनाको सोमबार मृत्यु भएको हो । गत चैत २० गते कोरोना संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १० का ७८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । संक्रमित वृद्धमा पौरुष ग्रन्थीको संक्रमण र निमोनिया लगायतका समस्या रहेको उनले बताए ।
त्यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पतालमै उपचाररत तनहुँ शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको समेत मृत्यु भएको डा.शर्माले बताए । मृतक पुरुषमा कडा खालको न्युमोनिया र श्वासमार्गको समस्या रहेको उनले बताए । उनमा चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने