शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा आयोजित बाफ्टा फिल्म अवार्डको रेड कार्पेटमा प्रियंकाको ‘रेड हट लुक’

सोमबार, ३० चैत २०७७, १७ : १२
सोमबार, ३० चैत २०७७

आइतबार लस एन्जेल्स र लण्डनमा ब्रिटिश एकेडेमी फिल्म अवार्ड –२०२१ आयोजना गरियो ।

लण्डनमा आयोजित अवार्ड कार्यक्रममा ३८ वर्षे बलिउड नायिकाको रेड हट अवतार देख्न पाइयो । उक्त कार्यक्रममा प्रियंका चोपडाले रातो इम्ब्रोइडरी गरिएको ज्याकेट र ट्राउजर लगाएकी थिइन् ।

प्रियंकाको उक्त लुक कार्यक्रमको थिमसँग ठिक मेल खान्थ्यो । यसपटक कार्यक्रमको थिम ‘सिलौटेज एण्ड स्टाइल्स’ राखिएको थियो ।

उक्त कार्यक्रममा रेने जेलवेगर, फोबी डिभेनर, एना केन्ड्रीकको लुक विशेष चर्चामा रहे ।

बेलायतमा आयोजित कार्यक्रममा द डुक अफ केम्ब्रिज, राजकुमार विलियम्स पनि उपस्थित हुने कार्यक्रम थियो । तर द डुक अफ एडिनबर्ग, राजकुमार फिलिप तथा विलियम्सका हजुरबुवाको निधन पछि उनी कार्यक्रममा उपस्थित भएनन् । राजकुमार विलियम्स बाफ्टाका अध्यक्षसमेत हुन् । उनले भिडियोमार्फत् एक भाषण दिनुपर्ने कार्यक्रम थियो ।

द डुक अफ एडिनबर्ग ९९ वर्षको उमेरमा विन्डसर क्यासलमा गत शुक्रबार निधन भयो । उनी बाफ्टाका पहिलो अध्यक्ष थिए । उनी सन् १९५९ देखि १९६५ सम्म बाफ्टासँग आबद्ध भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप