
नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न बाटो खुल्यो
काठमाडौं । नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्यता नपुगेको दावी गरेर दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।
सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो । सुवेदीले उच्चको मुख्य न्यायाधीश पदमा ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेका छन् ।
न्यायाधीश तेजबहादुर केसीले सोमबार रिट खारेज गर्ने फैसला गरेका हुन् । बरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले न्याय परिषद्को सचिवालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ