बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि प्रतिनिधिसभा विघटन गर्ने बाटोमा अघि नबढ्न प्रदीप गिरीको प्रधानमन्त्रीलाई चेतावनी

सोमबार, ३० चैत २०७७, १६ : ४४
सोमबार, ३० चैत २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले दोस्रो पटक पनि संसद भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई चेतावनी दिए । उनले संसदलाई पुरा कार्यकाल काम गर्न दिने अवस्था श्रृजना गर्न आग्रह पनि गरे । 

उनले राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानिकन संसदका प्रत्येक पार्टीले उठाएका र  नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाई प्राप्त गर्न पनि सुझाव दिए । उनले भने, “जालझेल गरेर सकुनीले पासा फ्याके जस्तो गरेर दुवारा पासा फ्याकेर , सकुनीले दुई पटक पासा फ्याकेका थिए । एक पटकको पासालाई द्रौपदीको प्रतिउत्तर निरस्त्र गरेको थियो । दुवारा पासा फ्याकेर फेरि पाण्डवलाई जंगल पठाए जस्तो संसद विघटन गर्ने दिशामा कृपया नगईदिनोस्  । ”

व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटीलाई व्यक्तिले सहि नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद नै भंग गरेको टिप्पणी गरे । 

उनले भने, “म मेरै गोरुको बाह्ै टक्का  भन्ने पक्षमा छैन तर मलाई शंका छ, हाम्रा शिर्षस्थ मानिस , मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस, (प्रधानमन्त्री भन्न चाहन्न) भन्दै हुनुहुन्छ कि मै ठिक छु, मेरा कुरा सबै तिमिहरुले मान । ”

शनिबार काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजिए “सकुनीका गोटी” नै फ्याँक्न बताएका थिए । 

उनले “ संसदको अंंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?” भनेका थिए । 

सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टीहरु थपिदै आएर चरम राजनीतिक संकटको रुपमा देखापरेको टिप्पणी गरे । अरुलाई दोषारोपण गर्नु भन्दा आफै भित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, “यो संकट एकदिनमा आएको होइन संकट क्रमश आएका छन् र म विनम्रतापुर्वक आव्हान गर्दछु । मुख्यतः प्रधानमन्त्रीका कारण आएका छन् । दिनप्रतिदिनको विवाद, दिन प्रतिदिनको भ्रष्टाचारको कथा हाम्रो संसदको भनाभनबाट जुहारीबाट हल हुदैन । हामी जुहारीमा व्यस्त छौ । आम जनताको ,कर्मचारीको, महिलाको, दलितको, महंगाईको दुखमा हामीले सम्बोधन गरेका छैनौ । त्यसैले भावुक भएर म भन्दैछु ,आज मुलुकलाई यो अवस्थामा पुर्याउनका लागि म दोषी छु । 

संसदका हामी सबै दोषी छौ । ठण्डा दिमागले हामी सबैले एक किन हामी यहाँ आईपुग्यौ ? किन ४७ सालको संविधान असफल भयो ? अब हामी यसपटक अर्को बाटो जान चाहन्छौ भने को जिम्मेदार छ ? जिम्मेदार खोजिन्छ ।”
उनले २०४७ सालको जस्तो संविधान वा चुच्चे नक्सा जस्तो अवस्था संविधानको नबनाउन ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप