जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन
सोमबार, ३० चैत २०७७, १५ : २८

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । सोमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै पार्टीको उपाध्यक्षमा अब्दुल खान, बसन्त कुश्वाह र दीप साह चयन भएका छन् भने महासचिवमा चन्दक सिंह चयन भएका छन् ।
यस्तै महाधिवेशनबाट २३ सदस्यीय कार्यसमिति सदस्य निर्वाचित हुनुका साथै ८ जना महिला निर्वाचित भएका छन् । यसैबीच पार्टीका नवनिर्वाचित महासचिव सिंहले आफूहरुको महाधिवेशनमा फ्रि मधेसको कुनै नारा र ब्यानर प्रयोग नभएको बताएका छन् । आफूहरुले फ्रि मधेसको एजेण्डा छाडिसकेको भन्दै पार्टीलाई बदनाम गर्न खोज्ने केही पक्षले भ्रम फैलाएको हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गरे । पार्टीको महाधिवेशन शनिबारदेखि सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने