बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन

सोमबार, ३० चैत २०७७, १५ : २८
सोमबार, ३० चैत २०७७

काठमाडौं ।  जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । सोमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।  यस्तै पार्टीको उपाध्यक्षमा अब्दुल खान, बसन्त कुश्वाह र  दीप साह चयन भएका छन् भने महासचिवमा चन्दक सिंह चयन भएका छन् । 

यस्तै महाधिवेशनबाट २३ सदस्यीय कार्यसमिति सदस्य निर्वाचित हुनुका साथै ८ जना महिला निर्वाचित भएका छन् ।  यसैबीच पार्टीका नवनिर्वाचित महासचिव सिंहले आफूहरुको महाधिवेशनमा फ्रि मधेसको कुनै नारा र ब्यानर प्रयोग नभएको बताएका छन् । आफूहरुले फ्रि मधेसको एजेण्डा छाडिसकेको भन्दै पार्टीलाई बदनाम गर्न खोज्ने केही पक्षले भ्रम फैलाएको हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गरे ।  पार्टीको महाधिवेशन शनिबारदेखि सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप