कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त

सुर्खेत । माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभा सदस्य बनेका दैलेखका सांसद धर्मराज रेग्मी पदमुक्त भएका छन् । माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका उनको सदस्य पद धरापमा परेको हो । उनी दैलेख निर्वाचन क्षेत्र नं. १ क बाट निर्वाचित सांसद हुन् ।
रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । यस्तै प्रदेशसभा सचिवालयले सो पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् । उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरिसकेको छ । आज कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएका छन् ।
पत्रमा भनिएको छ, ‘सांसदले दल त्याग गरेको सूचना प्रदेशसभा चालू रहेको अवस्थामा प्रदेशसभा बैठकमा जानकारी गराउने र प्रदेशसभा अधिवेशन स्थगित भएको अवस्थामा सचिवालयले सूचना प्रकाशित गरेपछि ती सांसदको पद रिक्त भएको मानिने कानुनी व्यवस्था छ ।’ अबदेखि कर्णाली प्रदेशसभामा सदस्यहरुको संख्या ३९ हुनेछ । १३ जना माओवादी केन्द्रका सांसद भएकोमा अब १२ जना मात्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची