कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल आएका १३ जनामा कोरोना संक्रमण
सोमबार, ३० चैत २०७७, १५ : ०८
कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
नाकास्थित हेल्पडेस्कमा कार्यरत अहेव लोकेन्द्र शाहीका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका दुईजना, धनगढी उपमहानगरपालिकाका एक जना, मेल्लेख गाउँपालिकाका एकजना, बाजुरा जिल्लाका एकजना, गौरीगंगा नगरपालिकाका एकजना र बोग्टान डोटीका एकजनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न स्थानबाट त्रिनगर नाका हुँदै प्रवेश गरेका हुन् । पछिल्लो समय भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिने गरेको छ । यद्यपि, सीमा क्षेत्रमा पर्याप्त जनशक्ति र किटको अभावमा सबैको परीक्षण सम्भव नभएकाले जोखिम बढ्दै गएको शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण