कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल आएका १३ जनामा कोरोना संक्रमण
सोमबार, ३० चैत २०७७, १५ : ०८

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
नाकास्थित हेल्पडेस्कमा कार्यरत अहेव लोकेन्द्र शाहीका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका दुईजना, धनगढी उपमहानगरपालिकाका एक जना, मेल्लेख गाउँपालिकाका एकजना, बाजुरा जिल्लाका एकजना, गौरीगंगा नगरपालिकाका एकजना र बोग्टान डोटीका एकजनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न स्थानबाट त्रिनगर नाका हुँदै प्रवेश गरेका हुन् । पछिल्लो समय भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिने गरेको छ । यद्यपि, सीमा क्षेत्रमा पर्याप्त जनशक्ति र किटको अभावमा सबैको परीक्षण सम्भव नभएकाले जोखिम बढ्दै गएको शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू