शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरस–फ्लूबाट टाढा रहनका लागि डाइटमा सामेल गर्नुहोस् ८ खानेकुरा, प्रतिरोधी क्षमता हुनेछ बलियो

सोमबार, ३० चैत २०७७, १४ : २६
सोमबार, ३० चैत २०७७

कोरोनाको कहर बढ्दो छ । यसबाट बच्नका लागि मास्क लगाउन र सामाजिक दुरीको पालना गर्नुपर्ने सल्लाह दिइन्छ तर सुरक्षित रहनका लागि यतिमात्रै पर्याप्त छैन । यसका लागि शरीरको प्रतिरोधी क्षमता बलियो हुन निकै आवश्यक छ किनभने प्रतिरोधी कमजोर हुँदा शरीर निकै सजिलै कुनै भाइरसको संक्रमणबाट ग्रस्त हुनसक्छ । यस्तोमा खानपिनमा ती खानेकुरा समावेश गर्नुहोस् जसले शरीरको प्रतिरोधी क्षमता बढ्न सकोस् ।

एन्टिअक्सिडेन्टयुक्त खानेकुराः

बेरिज, प्याज, लसुन, अदुवा, गाजर र फर्सीमा एन्टिअक्सिडेन्टको भरपुर मात्रामा पाइन्छ । यी खानेकुरालाई डाइटमा समावेश गर्दा प्रतिरोधी क्षमता बुस्ट हुन्छ । यसले भाइरसबाट लड्न मद्दत गर्छ । खानपानका यी चिजमा प्रचुर मात्रामा भिटामिन सी, बी र ई पाइन्छ । नियमित रुपमा यसको सेवन गर्दा प्रतिरोधी क्षमता बलियो बनाउँछ र शरीरलाई भाइरल संक्रमणबाट लड्न मद्दत मिल्छ ।

भिटामिन सीयुक्त खानेकुराः

भिटामिन सी युक्त खानेकुराले प्रतिरोधी बढाउने काम गर्छ । सुन्तला, अम्बा, अमला, बेरिज, कागती आदिमा भिटामिन सी हुन्छ । यसबाहेक तपाईं तुलसी, निम, ग्रीन टी आदि खानेकुरा खान सक्नुहुन्छ । यसमार्फत् प्रतिरोधी क्षमता बलियो हुन्छ ।

स्टार एनिसः

स्टार एनिस अर्थात् चक्रफूलमा शिमिक एसिड नामको एक यौगिक तत्व पाइन्छ । पछिल्लो १५ वर्षदेखि यसको प्रयोग एन्टीभाइरल ड्रग्सलाई संश्लेषित गर्नका लागि भइरहेको छ । यसमा थुप्रै गुणकारी तत्व पाइन्छ जसले विभिन्न रोगलाई ठिक पार्छ । स्टार एनिसको प्रयोग मसालाको रुपमा थाई सुप, तरकारी, सागसब्जी आदि बनाउनमा प्रयोग गरिन्छ । यसबाहेक स्टार एनिसको दुई टुक्रालाई पानीमा १५ मिनेटसम्म उमाल्नुहोस् । पानी मनतातो भएपछि यो पिउनुहोस् । यस्तो गर्दा शरीरको प्रतिरोधी क्षमता वृद्धि हुन्छ ।

जेठी मधुः

जेठी मधु औषधीय गुणले भरिपूर्ण हुन्छ । यसको प्रयोग विभिन्न प्रकारको रोगमा औषधीको रुपमा गरिन्छ । यसमा एन्टिवायरल, एन्टी माइक्रोबियल, एन्टी इन्फ्लेमेटरी तत्व पाइन्छ । जेठी मधुको प्रयोग विभिन्न भाइरल संक्रमणसँग लड्न पनि गरिन्छ । तपाईं जेठी मधुको चिया बनाएर पनि पिउन सक्नुहुन्छ ।

बेसारः

एन्टी इन्फ्लेमेटरी गुणले भरपुर बेसारमा करक्यूमिन नामको कम्पाउन्ड हुन्छ जसले शरीरलाई विभिन्न प्रकारको फाइदा पुर्याउँछ । नियमित रुपमा खानामा बेसार र कालो मरिचको प्रयोगले स्वाद बढाउनुका साथै प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । बेसार हालिएको दुधले प्रतिरोधी क्षमता बलियो बनाउन निकै सहयोग पुर्याउँछ । बेसार र कालो मरिचले प्रतिरोधी क्षमतालाई बलियो बनाएर शरीरलाई भाइरल संक्रमणबाट लड्न मद्दत गर्छ ।

नरिवलको तेलः

नरिवलको तेलले सुन्निएको भागलाई बसाउने काम गर्छ । तपाईं दैनिक १ वा दुई चम्चा अर्गानिक नरिवलको तेलसहित दिनको सुरुवात गर्न सक्नुहुन्छ । यसबाहेक यसमा एन्टिभाइरल गुण हुन्छ जसले ब्याक्टेरिल र भाइरल इन्फेक्सनसँग लड्न मद्दत गर्छ ।

प्रिबायोटिक फूडः

आलस, चिया सिड, स्याउ, ओट्स, आलू, केरा, लसुन, किवीजस्ता प्रिबायोटिक फूडले आन्द्रामा गुड ब्याक्टेरिया बढाउँछ र पाचन सम्बन्धि समस्या ठिक गर्न मद्दत गर्छ । खानामा प्रिबायोटिक फूड समावेश गर्दा प्रतिरोधी क्षमता बलियो हुन्छ भने भाइरल संक्रमणको खतरा पनि कम हुन्छ ।

 आफूलाई स्वस्थ राख्नुहोस्ः

प्रतिरोधी क्षमतालाई बलियो बनाउनका लागि तनाव मुक्त हुनु अत्यावश्यक छ । तनावमुक्त हुँदा प्रतिरोधी क्षमता बलियो हुन्छ भने शरीर कुनै पनि प्रकारको भाइरल संक्रमणको खतराबाट टाढै रहन्छ । कामको चाप बढ्ने भएकोले धेरैजसो मानिसहरु क्याफिनयुक्त पेय पदार्थको सेवन बढी गर्ने गर्छन् । यसो गर्दा निद्रामा समस्या देखिन थाल्छ, जुन तनावको कारण बन्न सक्छ र तपाईंको प्रतिरोधी क्षमता कमजोर हुने गर्छ । त्यसैले कम्तीमा ७–८ घण्टा सुत्नुहोस् ।

प्रतिरोधी क्षमता बलियो बनाउनुहोस्ः

नियमित रुपमा व्यायाम र योग गर्नुहोस् । दैनिक २० मिनेट टहल्दा शरीर स्वस्थ रहन्छ भने प्रतिरोधी क्षमता पनि बलियो हुन्छ । चुरोट, रक्सी र अन्य कुनै पनि प्रकारको नशाबाट जोगिनुहोस् । यसले फोक्सोसँग जोडिएको समस्या निम्त्याउन सक्छ र भाइरसको खतरा बढाउन सक्छ । यसका साथै भिटामिन डीयुक्त खानेकुरालाई दैनिक डाइटमा समावेश गर्नुहोस् । सकारात्मक सोचले तपाईंको दिमागलाई तन्दरुस्त बनाउँछ र तपाईं चुस्त दुरुस्त महसुस गर्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप