सांसद भन्छन्–फेरि कहिले संसद विघटन हुने हो, काम गर्ने वातावरण छैन
सोमबार, ३० चैत २०७७, १४ : २५

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छिन् । उनले फेरि प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरु हतोत्साहित भएको बताइन् ।
प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने क्रममा उनले भनिन्, ‘सांसदलाई काम गर्ने वातावरण छैन । संसद कहिले विघटन हुन्छ कि भन्ने कौतुहल भएकाले सबै हतोत्साहित भएका छन् ।’ उनले संसदीय समितिका कामकारबाही प्रभावकारी नभएको पनि बताइन् ।