आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकमा उठ्यो निर्वाचन आयोगमा र सर्वोच्चमा ‘सेटिङ’ भएको सवाल

सोमबार, ३० चैत २०७७, १३ : ४५
सोमबार, ३० चैत २०७७

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राज्यका हरेक निकाय सेटिङको आधारमा चलेको गम्भीर सवाल उठेको छ । राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’ को आधारमा फैसला गरेको आवाज उठाइएको छ । 
प्रतिनिधिसभा बैठकको सोमबारको शुन्य समयमा बोल्दै सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् । ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले जल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ’ उनले भनिन्, ‘तर बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’

संसदीय समितिले गर्ने निर्णयहरु समेत सेटिङका आधारमा हुने गरेको भन्दै उनले आक्रोश पोखिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप