शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा भक्तपुरका बास्तोलाको अमेरिकामा मृत्यु

सोमबार, ३० चैत २०७७, १२ : ४१
सोमबार, ३० चैत २०७७

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोला गाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ । 
सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दुर्घटनामा परेको थियो ।

 कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो । 
माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान (नेपाली समय अनुसार) सुुविनको निधन भएको काका सुरज बसतोलाले बताए । 

ओहायोमा भएको कार दुर्घटनामा घाइते बास्तोलाको आईसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको हो । 

भक्तपुर तेलकोटको बास्तोला गाउँ स्थायी घर भएका बास्तोला हालैमात्र बोष्टनबाट ओहायोको ब्ल्याकलिकमा बसाई सरेका थिए । 
ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए । अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् । २०७२ साल असारमा उनी नेपालबाट अमेरिका गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप