केन्द्रीय संस्करण

‘सक्किगोनी’ छोडेर ‘राम्रो म’ बनाउदै धतुरे

person explore access_timeचैत ३०, २०७७ chat_bubble_outline0

काठमाडौंँ । चर्चित कमेडी श्रृखंला ‘सक्किगोनी’का चर्चित पात्र मध्येका एक हुन् सीपी पुडासैनी ‘धतुरे’ । यी नै धतुरे  ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् । उनले अहिले हाँस्यश्रृखला ‘राम्रो म’ बनाउन लागेका हुन् ।

हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ !’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण प्रसारण गरेका सीपीले सबै श्रृखलामा ‘धतुरे’ पात्रलाई जिबित राखेका थिए । सोही पत्र समेत रहने गरेर उनले नयाँ श्रृखला बनाउन लागेका हुन् ।

अभिनयको अलवा श्रृखंला लेखन तथा निर्देशन समेत गर्दै आएका सीपीले माता पिता प्रोडक्सन प्रालिको ब्यानरमा ‘राम्रो म’ निर्माण गर्न लागेका हुन् । दर्शकका लागि आफ्नो भुमिका र कथा मार्फत केही नयाँ दिने सोचका साथ नयाँ श्रृखंलामा​ लागेको सिपीले बताए । 

‘‘राम्रो म’मा दर्शकले धतुरेलाई केही फरक पाउनु हुनेछ’ सीपीले भने ‘दर्शक रुची अनुसार नयाँ श्रृखंला बन्ने छ ।’

श्रृखंलामा सीपीका अलवा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का, प्रमोद खनाल लगायतको अभिनय रहनेछ । 

श्रृखंलाको शिर्ष गीतमा भने राजेश पायल राईको स्वर, प्रकाश पुञ्जको शब्द र शशी बिक्रम थापाको संगीत समेटिएको छ ।

लेखन÷निर्देशन समेत सीपी स्वयंकै रहने श्रृखंला बैशाखको अन्तिम साता प्रसारणमा आउने सीपीले जानकारी दिए । श्रृखंला प्रसारणका लागि टेलिभिजन भने फाइनल हुन बाँकी रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.