बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

सोमबार, ३० चैत २०७७, ०७ : २३
सोमबार, ३० चैत २०७७

काठमाडौँ । ओसिलो  ठाउँमा पाइने जुकाको चुसाइले पनि विभिन्न रोग निको हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।

राष्ट्रिय  आयुर्वेद  अनुसन्धान तथा  तालिम  केन्द्रमा  जुकाको  चुसाइ (लिच  थेरापी) माध्यमबाट  विभिन्न  जटिल  रोगको  उपचार  हुने गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी  निर्देशक  डा.  रामआधार यादव  आयुर्वेदमा ।।।जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म १५० भन्दा बढीको   सफल उपचार भइसकेको बताए । 

उनले भने, “जुकाले चुस्ने क्रममा निस्किने  स्रावमा  हिरुडिन  नामक  इन्जाइम  छाड्छ  र शरीरभित्रको दूषित रगत  चुस्छ ।”  छालासम्बन्धी  रोग, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डन्डीफोर आएका, पुराना दाद, पायल्सलगायत रोगका बिरामीको उपचार भइसकेको जानकारी दिए ।

बिरामीको रगतको मात्रा हेरेर मात्र लिच थेरापी गर्ने गरिएको बताउँदै उनले भने, “एक व्यक्तिमा प्रयोग गरिएको  जुका  अन्य  व्यक्तिमा  प्रयोग  गर्न  मिल्दैन । नियमित  रूपमा  थेरापी  गराउनुपर्ने  व्यक्तिमा  प्रयोग गरिएको  जुकालाई  पुनः  उसकै  लागि  प्रयोग  गर्ने  गरी संरक्षित गरेर राख्नुपछ ।” 

एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुसाउने गरिन्छ । बिरामीको अवस्था हेरी दुईभन्दा बढी जुकाको प्रयोग गर्न सकिने डा. यादवले जानकारी दिए । 

डा. यादवले लिच थेरापी विधि नेपालमा भन्दा पनि विदेशी मुलुकमा अझ बढी प्रयोग  हुँदै  आएको  बताउँँदै  यो पद्धतिबाट निको भएकामा रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी भएको दाबी गरे । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप