बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा गोलीकाण्ड : ‘मनोजमाथि गोली प्रहार गर्ने व्यक्ति पक्राउ’

आइतबार, २९ चैत २०७७, २२ : ४२
आइतबार, २९ चैत २०७७

कास्की ।  गत माघ २३ गते पोखराको महतगौडामा पर्वतका मनोज विकमाथि गोली प्रहार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत मोदी ८ चित्रे घर भई पोखराको कार्की तहरा बस्दै आएका विक माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले बाराको बरियारपुर ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई पोखराको सिम्पानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनी पोखरामा मेटल सम्बन्धी काम गर्दै आएका थिए ।

पाण्डेको साथबाट ७.६५ एमएमको ३ राउण्ड गोली, पर्स र एक मोबाइल बरामद गरेको एसपी श्रेष्ठले बताए । गाली प्रहारबाट घाइते भएका मनोज करिब १ दशकदेखि पोखरामा इलेक्ट्रिसियनको काम गर्दै आएका थिए ।  विक माथि गोली प्रहार गरी फरार पाण्डेलाई हुलियाका आधारमा पोखराबाटै पक्राउ गरिएको प्रहरी प्रमुख एसपी श्रेष्ठले बताए । 

घाइते विकले दिएको हुलियाको आधारमा पाण्डेलाई पोखरा आउनासाथ प्रहरीले पक्राउ गरेको उनले बताए । उनले पाण्डे अन्य आपराधिक घटनामा समेत संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको बताए । ‘घटनापछि फरार भएका पाण्डेलाई पुनः पोखरा फर्किएलगत्तै पक्राउ गरेका हौ’ उनले भने । ‘उनको अपराधिक घटनामा संलग्नताका वारेमा प्रहरीले अनुन्धान अगाडि बढाएको छ’ एसपी श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप