चितवनमा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते
आइतबार, २९ चैत २०७७, २२ : २५

चितवन । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।
घाइतेको उद्धार गरी अस्पताल ल्याइएका मध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोकर्णेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ
-
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
-
ओलम्पिक कमिटीको पदाधिकारीको हैसियतमा विदेश भ्रमण गर्नबाट रोक्न गृह र परराष्ट्रमा पत्राचार
-
यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नुहोला : सांसद कार्की
-
आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड