माधव नेपालसहित हामी सबै नयाँ सरकार गठनको पक्षमा छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा हामी सबै माधव नेपालसहित, जनता समाजवादी पार्टी पनि संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। हामी सबै नयाँ सरकारको पक्षमा छौं ।’
उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए। उनले कसको नेतृत्वमा गठन गर्ने भन्ने विषय आपसी सहमतिबाट टुंग्याउने बताए । उनीहरु मिलेर सरकार बनाउन सही हुन्छ भन्ने कुरा पक्कै भएको उनले बताए ।
प्रचण्डले भने, 'नेतृत्व कसको भन्ने कुरा सल्लाह हुँदै छ। सहमतिले जसको नेतृत्व हुन्छ त्यही मान्छौँ।’ तर अध्यक्ष प्रचण्डले आफूहरुले सरकारको नेतृत्व दावी नगरेको बताए । यस्तै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताए ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान