केन्द्रीय संस्करण
नागरिक आन्दोलनको इतिवृतान्त

‘किताबमा घोरिइरहेको थिएँ, एक्कासि रिस उठ्यो’

नागरिक आन्दोलन अहिले पनि जारी छ, यो रिचार्ज भइरहनुपर्छ

person explore access_timeचैत २९, २०७७ chat_bubble_outline0

 

पछिल्लो समय म किताबमा काम गर्छु भनेर किताबमा घोरिइरहेको थिएँ । राजनीतिक स्थिति दिक्क लाग्दो थियो । प्रचण्ड र माधव नेपाल, केपी ओली, खालि बालुवाटारको मिटिङ । दिनहुँ त्यही शीर्षक । दिक्क लागेर समाचारहरु पनि हेर्न छाडेर बसिरहेको थिएँ । त्यहीबेला पुस ५ को घटना (संसद विघटन ) भयो । यो घटनाले मलाई एक्कासि रिस उठ्यो ।

त्यसपछि हामी विभिन्न पेसाका ५०/५५ जना साथीहरु मिलेर एउटा वक्तव्य दियौँ । वक्तव्य त जसले पनि दिइरहेको हुन्छ, वक्तव्य दिएर मात्र केही भएन । अनि हामीले के छलफल गर्‍यौं  भने वक्तव्य दिएर मात्रै भएन, सडकको आन्दोलनका उपलब्धिहरुलाई जोगाउनका लागि अब फेरि सडकमा नगई हुँदैन ।

रिस उठ्नुमा दुईवटा कारण थिए :

एउटा त सोझै संविधानमाथिको हस्तक्षेप भयो । संविधानमै नभएको कुरा भयो । सोझै बदमासी भयो । अर्को, जनआन्दोलन भएको अस्ति भर्खरै त हो, १५ वर्ष त भयो, यो त अन्ततः संविधान भत्काउने मात्रै होइन, जनआन्दोलनको म्यान्डेट र हिजो भर्खरको संघर्षलाई यसले प्रतिगमनतिर लैजाने भो । जनआन्दोलनका उपलब्धीहरु खत्तम गर्ने भो भन्ने भयो । त्यसैले रीस उठ्यो ।

त्यसपछि हामी विभिन्न पेसाका ५०/५५ जना साथीहरु मिलेर एउटा वक्तव्य दियौँ । वक्तव्य त जसले पनि दिइरहेको हुन्छ, वक्तव्य दिएर मात्र केही भएन । अनि हामीले के छलफल गर्‍यौं  भने वक्तव्य दिएर मात्रै भएन, सडकको आन्दोलनका उपलब्धिहरुलाई जोगाउनका लागि अब फेरि सडकमा नगई हुँदैन ।

पुस ५ लगत्तै हामीले माइतीघर केन्द्रित साना–साना विरोध कार्यक्रमहरु शुरु गर्‍यौं । एक दिन बिराएर ५ वटा कार्यक्रम शुरु गर्‍यौं  । पहिलो प्रदर्शन त्यो भयो । यसमा विभिन्न सामाजिक अभियन्ताहरु, कहिल्यै पनि राजनीतिक पार्टीमा नभएका राजनीतिक अनुहारका रुपमा नचिनिने सामाजिक अनुहारहरू र विभिन्न सामाजिक तह र तप्कामा क्रियाशील मानिसहरुलाई लिएर केही कलात्मक प्रस्तुती पनि गर्ने गरी  माइतीघरमा सानो माइकबाट भाषणहरू गर्न थाल्यौँ ।

मिडियाले पनि नागरिक आन्दोलनलाई राम्रो कभरेज दियो । किनभने, जुन नागरिक आन्दोलन भन्ने नाम थियो, यसले ठ्याक्कै दोस्रो जनआन्दोलनका बेलाको नागरिक आन्दोलनको निरन्तरता बोक्छ भन्ने सन्देश हामीले दिन खोजेका थियौं । हिजोको त्यो नागरिक आन्दोलन मिडिया पनि साझेदारी भएको नागरिक आन्दोलन हो । यदि मिडिया नै पार्टनर नभएको भए हिजोको नागरिक आन्दोलन पनि सफल हुने थिएन ।

अहिले त लोकतान्त्रिक सोसाइटी छ । यो राजाको शासन त होइन । व्यक्तिले आफ्नो सनकका भरमा पार्टीलाई कब्जामा लिएर गए । प्रधानमन्त्री भइसकेपछि राज्यका सबै एजेन्सीहरूलाई आफूमा केन्द्रित गरेर जवाफदेही शासन प्रणालीका ठाउँमा व्यक्ति जुन हदसम्म पनि जान सक्ने व्यक्ति केन्द्रित जुन अवस्था बनाए, यो राज्यसत्ता कब्जाको मोडमा गइसकेको अवस्था थियो । यसलाई प्रतिरोध गर्नलाई जुन प्रतिगमनको सिलसिला शुरु भयो, यसलाई नागरिक आन्दोलन भन्यो भने हिजोको सडक आन्दोलन अनि हिजोको जनआन्दोलनमा भएको बलिदानी र इतिहासमा भएको सम्झौताको निरन्तरता बोकेको हुनेछ भनेर हामीले नागरिक आन्दोलन नाम राख्यौं ।

नागरिक आन्दोलन भनियो, तर माइतीघरमा मात्रै केन्द्रित थियो । सबैलाई थाहै छ, त्योबेलामा काँग्रेसको कार्यक्रम निर्वाचन क्षेत्रमुखी, चुनावमुखीजस्तो भयो । प्रचण्ड र माधव नेपालका कार्यक्रमहरु  पैसा टन्न खर्च गरेर बाहिरबाट कार्यकर्ता ल्याएर गरियो । ओलीले पनि त्यसै गरी बाहिरबाट मान्छेहरु ल्याएर प्रतिरोध गर्न थाले । त्यो त राजनीतिक कार्यकर्ताको, राजनीतिक पार्टीको कार्यक्रम मात्रै भयो । अब हामी नागरिकहरुले चाहिँ समाजमा विभेद भोगिरहेको तप्कालाई अगाडि लिएर जानुपर्छ भनेर मार्चपासको मोडेलमा लिएर गयौं ।

कस्तो नागरिक आन्दोलन ?

नागरिक आन्दोलनमा को छ भन्दाखेरी मूलतः स्वतन्त्ररुपमा बसिरहेका लेखकहरू, संस्कृतिकर्मीहरु, अधिकारकर्मीहरु, महिला आन्दोलनमा लागेका साथीहरु छन् । दलित आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलन, मधेसी आन्दोलनमा लागेका साथीहरु छन् । जहाँजहाँ विभिन्न सामाजिक आन्दोलनमा लागेका सक्रिय अभियन्ताहरु थिए, ती सबैलाई एकै ठाउँमा राखेर हामीले नागरिक आन्दोलन सञ्चालन गर्‍यौँ  । हिजोको नागरिक आन्दोलन पनि यही थियो ।

समस्या के हुन सक्छ भने यो भोलि गएर एनजीओ नबनोस् । कसैले यसलाई एनजीओ बनाइदिन्छु भन्लान् । कसैले पैसा ल्याउने कुरा गर्ला । नागरिक आन्दोलनलाई एनजीओ हुन दिनु पनि भएन । कतिपय चाहिँ नागरिक आन्दोलन गरेर मात्रै हुँदैन, हामीले यसलाई पार्टी नै बनाउनुपर्छ भन्ने साथीहरु पनि निस्कन सक्छन् । पार्टी नै गठन गर्‍यो भने त यो नागरिक आन्दोलन नै भएन ।

हामीले के सल्लाह गर्‍यौं भने नागरिक आन्दोलनको रुप भोलि गएर अर्कै हुन सक्छ । त्यही भएर यसलाई कुनै पनि स्वरुपमा नराखौँ । भनेको, यसको कुनै संरचना नबनाउने । यसमा कोही नेता नबन्ने । कोही अगुवा नभन्ने । सबैले अभियन्ता भन्ने । सबैले समान हैसियत राख्ने । यसलाई एउटा प्लेटफर्म बनाउने र यसलाई खुल्ला राख्ने । जोजो हाम्रा मुद्दाहरूसँग समझदारी राख्ने स्वतन्त्र र सचेत नागरिकका रुपमा क्रियाशील छन्, उनीहरु सबैलाई यसमा स्वागत गर्ने र यसको दायरा ठूलो बनाउने ।

समस्या के हुन सक्छ भने यो भोलि गएर एनजीओ नबनोस् । कसैले यसलाई एनजीओ बनाइदिन्छु भन्लान् । कसैले पैसा ल्याउने कुरा गर्ला । नागरिक आन्दोलनलाई एनजीओ हुन दिनु पनि भएन । कतिपय चाहिँ नागरिक आन्दोलन गरेर मात्रै हुँदैन, हामीले यसलाई पार्टी नै बनाउनुपर्छ भन्ने साथीहरु पनि निस्कन सक्छन् । पार्टी नै गठन गर्‍यो भने त यो नागरिक आन्दोलन नै भएन । नागरिक समाज नै भएन । पार्टी गठन गरियो भने त त्यो राजनीतिक भयो ।

एकाध मान्छे राजनीतिक नियुक्तिमा जाला, म त राजनीति गर्छु भनेर हिँड्ला, त्यो अर्कै कुरा भयो । सबैको आफ्नो स्वतन्त्रता हुन्छ । तर, यसमा हामीले अलिखित रुपमा के मोडेल बनायौं भने यसलाई हामीले एनजीओ हुन नदिने । कुनै संस्था बन्न नदिने । संरचना औपचारिक रुपमा नबनाउने । पार्टी नबनाउने ।

मैले त शुरुदेखि नै भनेको छु, कुनै पनि नियुक्तिमा नजाने । लाभको पद कहीँ पनि हासिल नगर्ने । यी न्यूनतम प्रतिबद्धताहरू भयो भने हामी लामो दूरीमा अन्यायको विरुद्ध जान सक्छौं भन्ने समझदारी विकास गरेर हामी सक्रिय भयौं ।

सक्रिय भइरहेको टीममा कुनै निर्णय गर्नुपर्‍यो भने ठूलो टीमबाट गर्नुपर्ने भयो । कहिले त दुई सयभन्दा बढी साथीहरु आउँछन् । कहिले तीन सय जना पनि पुग्छन् । दुईसय–तीनसय जनाको मास मिटिङ गरेर न निर्णय हुँदैन । त्यो भएको हुनाले हामीले एउटा कोर ग्रुपजस्तो बनायौं । कोर ग्रुप भनेको भरसक समावेशी गरेर अलिकति सक्रिय साथीहरुको कोर ग्रुप सधैं क्रियाशील हुने भयो  र त्यसरी हामी अनवरत छलफलको चरणमा रहन थाल्यौँ ।

हामीसँग जति पनि राजनीतिक मुद्दाहरु छन्, विकासका मुद्दाहरु छन्, यी सबैलाई जोडेर लाने समझदारी बनायौं । कतिपय साथीहरुले के भनेका थिए भने तिमीहरूको आन्दोलन प्रतिगमनको विरुद्ध मात्रै हो कि ? प्रचण्ड, माधव नेपालले भनेर पो हो कि ? यस्ता दशथरि प्रतिक्रियाहरु आइरहेका थिए । तर, हामीले शुरुदेखि नै के समझदारी विकास गर्‍यौं भने यो हाम्रो आन्दोलन ओलीको प्रतिगमनविरुद्ध मात्रै होइन । डेमोक्रेसीले फङसन गर्न नसकेको मुद्दा, सामाजिक न्याय, प्रकृतिको दोहन जस्ता व्यापक मुद्दाहरु छन्, यी मुद्दाका लागि हाम्रो यो आन्दोलन हो ।  प्रतिगमन सच्चियो वा संसद पुनःस्थापना भयो भने पनि हाम्रो आन्दोलन रोकिँदैन । हामी लामो दुरीमा जाने हो ।

कमलपोखरीदेखि बालुवाटारसम्म

हामी मार्चपासको चरणमा थियौं । जति प्रतिगमन गरेको हो, त्यो बालुवाटारले गरेको थियो । बालुवाटारले अवैधानिक र अलोकतान्त्रिक तरिकाले, संविधान पनि मिचेर, संसदलाई पनि निस्तेज तुल्याएर शक्ति त्यहाँ केन्द्रित गरेको थियो । यो प्रतिगमनलाई हान्न जाने भनेर हामीले बालुवाटार मार्च पासको प्लान गर्‍यौँ  ।

यो त राजनीतिक मुद्दा मात्रै हो । हामीले त काठमाडौंलाई जोड्नु छ । काठमाडौंलाई जोड्ने भनेको काठमाडौंको बीचमा भएको अर्को प्रतिगमन भनेको विकासका नाममा आएको साँस्कृतिक प्रतिगमन हो । रानीपोखरीमा झण्डै कफीसप खोलिएन, तर अभियन्ताहरुले त्यसलाई जोगाए । त्यसैगरी कमलपोखरीमा भएको अतिक्रमणविरुद्ध लडाइँ गर्न अभियन्ताहरुको ताकत पुगिराखेको थिएन । अब त्यसलाई साथ दिनुपर्छ भनेर हामी त्यहाँ जोडियौँ ।

कमलपोखरीमा जुन सिमेन्टको संरचना बनाउन थालिएको थियो, त्यहाँबाट बालुवाटारसम्म मार्चपास गर्ने निर्णय गर्‍यौँ  । दुईवटा प्रतिगमनका केन्द्र : एउटा सांस्कतिक प्रतिगमन, अर्को राजनीतिक प्रतिगमनविरुद्ध कमलपोखरीको माटोको टीका लगाएर हामीले मार्च पास ग¥यौं ।

बालुवाटारमा अन्तिममा मेरो बोल्ने पालो थियो । हामीले सार्वजनिक आह्वान गरेर आएका मानिसहरु छन् । हामी शान्तिपूर्णरुपमा छौं । अन्तिममा मैले ‘सरप्राइज्ड एनाउन्समेन्ट’ भनेर आफ्नो भाषण सकेको थिएँ ।

‘अब हाम्रो कामचाहिँ संविधानले दिएको मौलिक हक प्रयोग गरेर हाम्रा जनप्रतिनिधिहरु बस्ने ठाउँ (बालुवाटार) मा हामी केही कुरा भन्न जाने । अब हामी बालुवाटार जान्छौं ।’ मैले यसो भनें । पुलिसले. हामीलाई घेरिराखेको थियो । हामीसँग युनिभर्सिटीका आक्रोशित युवा विद्यार्थीहरु टन्नै थिए । विश्वविद्यालयको हालत ठीक छैन, उनीहरुको आस्था भएका माऊ पार्टीहरूको हालत त्यस्तो छ, देशको भविष्यप्रति निराशा छ, उनीहरु जति आक्रोशित त हामी हुँदै हुन्नौं ।

मैले ‘अब हामी बालुवाटार जान्छौं’ भन्नेबित्तिकै प्रहरीको ब्यारिकेड तोडेर अगाडि जाने तयारी भयो । हामीले भन्यौं– ब्यारिकेड हटाऊ हामी त्यहाँ (प्रधानमन्त्री निवासको गेटमा) शान्तिपूर्वक बस्छौँ । बालुवाटारै पुग्न देऊ, हामीले त्यहाँ केही पनि गर्ने होइन । हामी शान्तपूर्णरुपमा छौं, भुइँमा बस्छौँ ।

बालुवाटारको मार्चपासले  एउटा परिस्थिति के ल्यायो भने नागरिक आन्दोलनमा भइरहेको गतिविधि फैलिन पो थाल्यो कि क्या हो भनेर बालुवाटार एकदमै धेरै चनाखो हुन थाल्यो ।

हामीले यसोभन्दाखेरि पुलिस अलिकति हट्यो । पुलिसले पनि भिडलाई कसरी ट्याकल गर्ने, शायद बुझेन । तर, सादा पोशाकका सरकारी मान्छेहरु हामीभित्रै चारैतिर थिए । हाम्रैबीचमा पनि उनीहरुले त्यस्ता मान्छेहरु टन्नै परिचालन गरेका थिए ।

हामी अघि बढ्नै लाग्दा प्रहरीले लाठी प्रहार गर्न थाल्यो । सबैभन्दा पहिला लठ्ठी खानेमध्ये मै परें । टुईवटा कठबाँसले हान्यो । त्यसले हामीलाई झन् आक्रोशित बनायो । अनि पानीको फोहोरा हान्न थाल्यो । हामीभित्र घुसेकाहरुले त्यो आन्दोलनलाई ‘डिफ्युज’ गर्न बदनाम गर्न ढुंगा हान्न थाल्यो । त्यसपछि प्रहरीले झन उत्तेजित भएर प्रहार गर्न थाल्यो । एकजना धेरै नै घाइते हुनुभयो । घाँटीको पछाडिपट्टिको एउटा हड्डी नै चुँडिएको अवस्था थियो । अरु पनि धेरै साथीहरु घाइते हुनुभयो ।

बालुवाटारको मार्चपासले  एउटा परिस्थिति के ल्यायो भने नागरिक आन्दोलनमा भइरहेको गतिविधि फैलिन पो थाल्यो कि क्या हो भनेर बालुवाटार एकदमै धेरै चनाखो हुन थाल्यो ।

त्यसपछि त कस्तो भयो भने म एकदिन बालुवाटारको एउटा कफीसपमा गइरहेको थिएँ, जुन कफीसपमा म भित्र थिएँ, बाहिर पुलिस आएर बस्यो । यो के ताल हो ? हाम्रो मौलिक हक छैन ? यो कफीहाउस निषेधित क्षेत्र हो ? यो हिसाबले प्रहरीहरूले हामीलाई जहाँ पनि निगरानी गर्न थाले । हाम्रो सानो जुलुस निस्कियो भने पनि त्यो जुलुसभन्दा ठूलो संख्यामा प्रहरीहरु परिचालन हुन थाले । हामीलाई चारैतिर घेरेर माखेसाङ्लो बनाउन थाले ।

तर, बालुवाटारको मार्च पासपछि हाम्रा जति साथीहरु थिए, त्यसको संख्या तेब्बर भयो । सार्वजनिक आह्वान भयो, धेरै मानिसहरु आउन थाले ।

फागुन ७ को अर्को योजना

बालुवाटारको मार्चपछि सरकारले हामीमाथि प्रहरी निगरानी बढाउन थाल्यो । होस्टाइल भइसक्यो, मिटिङ गर्ने ठाउँमा पनि प्रहरी पुग्न थाल्यो । यो अवस्थामा हामीले हामीले पुराना नागरिक आन्दोलनका अगुवाहरुकै संगत र सरसल्लाहमा अब नागरिक आन्दोलनलाई दिगोरुपमा अगाडि लैजानका लागि लामो दुरीको तयारी गर्नुपर्छ भनेर केही प्लानहरू गर्‍यौं  ।

फागुन ७ को कुरा गर्दा राजा त्रिभुवनले (२००७ साल फागुन ७ गते) खरीबोटमा उभिएर भाषण गरेका थिए । उनले जुन दिन त्यहाँ उभिएर तिमीहरु रैती रहेनौ, अब प्रजा भयौँ भनेका थिए, त्यो ठाउँलाई पुलिसले घेर्यो । डेमोक्रेसी जनताको पकडमा त आएन–आएन, रैती रहेनौ, प्रजा भयौँ भनेको ठाउँ (टुँडिखेल) समेत किल्ला घेरेर राखेको छ । सेना त्यही ठाउँमा बस्नुपर्ने ?

हामीले के भन्यौं भने अब नेपालको लोकतन्त्रलाई हिजोको पहिलो जनआन्दोलनका रुपमा मात्रै नलिऔं, अब २००७ सालदेखि ने जोडेर हेरौं । २००७ सालदेखि नेपालमा भएका कुराहरूको वृहत समीक्षा गर्ने र लामो यात्रा तय गर्ने ।

सधैं सडकमा हुने होइन, तर विभिन्न स्वरुपमा आन्दोलनहरु तय गरौं भनेर फागुन ७ को कार्यक्रमको तयारी ग¥यौं । फागुन ७ मा हामीले टुँडिखेलबाट नागरिक आन्दोलनको घोषणापत्र, बडापत्र जारी ग¥यौं । हामी किन नागरिक आन्दोलन गरिरहेका छौं भन्ने न्यूनतम हाम्रो एजेण्डा स्पष्ट होस् भनेर हामीले त्यो घोषणापत्र जारी गरेका हौं ।

फागुन ७ को कुरा गर्दा राजा त्रिभुवनले (२००७ साल फागुन ७ गते) खरीबोटमा उभिएर भाषण गरेका थिए । उनले जुन दिन त्यहाँ उभिएर तिमीहरु रैती रहेनौ, अब प्रजा भयौँ भनेका थिए, त्यो ठाउँलाई पुलिसले घेर्यो । डेमोक्रेसी जनताको पकडमा त आएन–आएन, रैती रहेनौ, प्रजा भयौँ भनेको ठाउँ (टुँडिखेल) समेत किल्ला घेरेर राखेको छ । सेना त्यही ठाउँमा बस्नुपर्ने ? त्यो ठाउँलाई सेनाको पकडबाट कसरी जनताको पकडमा ल्याउन सकिन्छ भनेर हामीले नागरिक घोषणापत्र त्यहीँ खरीबोटबाटै जारी गर्ने निर्णय गर्‍यौं ।

मैले एउटा कार्यक्रममा भनेको थिएँ, तपाई त्यहाँको काँडेतार खोलिदिनोस्, म सार्वजनिकरुपमा आह्वान गर्छु । जनतालाई भित्र बसेर विरोध जनाउने अधिकार छ ।

हामीले नागरिक घोषणा पत्र तयार पार्यौं । अरु आन्तरिक तयारीहरु ग¥यौं । अनि फागुन ७ गते टुँडिखेलमा जाँदाखेरि सुरक्षाकर्मीले कसरी खेल्यो भने जुन ढोकाबाट त्यो दिन प्रधानमन्त्री टुँडिखेल गएका थिए, त्यो गेट नै थुनिदियो ।

त्यहाँ आर्मीहरू थिए । आर्मीसँग मुकाविला गर्ने हाम्रो कुनै उद्देश्य नै होइन । भित्र जाने हक दाबी गर्ने हो, गेटमै रोक्छ, अनि गेटमै बसेर घोषणापत्र जारी गर्ने र मन्तव्य दिने हाम्रो योजना थियो ।

यो तयारीका साथ रत्नपार्कबाट मार्च पास आइरहेका बेलामा हाम्रो माइक भएको भ्यानलाई हुत्याएर प्रहरीले एजुकेसन बुकहाउसतिर पुर्याइदियो र हामीवीचमा ‘कम्युनिकेसन ग्याप’ गराइदियो । त्यसपछि छायाँमा ब्याकग्राउण्ड राखेर कार्यक्रम गर्नुप¥यो । जबकि हामीले जहाँ रोक्छ, त्यहीँ शक्ति प्रदर्शन गर्ने भनेका थियौं, त्यहाँ मिस खायो ।

नेपाली समाज एउटा इन्द्रेणी समाज हो । हामी २००७ सालको रिभिजिट गर्दैछौं भने यसलाई मध्यनजर गरेर हामीले कार्यक्रम डिजाइन ग¥यौं । नेपाली भाषामा एमसी नगर्ने, सबै मातृभाषामा कार्यक्रमहरु गर्ने ।

मोहनाजीले अवधी भाषामा बोल्दाखेरि केही मानिसहरुले हिन्दी बोलेको भन्ने ठाने । उनीहरुले हिन्दी र अवधी पनि बुझेनन् । एक हिसाबले त्यो कार्यक्रम हामीले सोचेजस्तो दुईवटै कारणले भएन । तर, हामीले इतिहासमा एउटा राम्रो सन्देश दर्ज गर्यौं भन्ने लाग्छ ।

नेपाल आर्मीको राडारले नचिनेको, सबैभन्दा ठूलो मुठभेडमा गएको ठाउँ भनेको खोकना हो । खोकना संघर्ष समितिको अध्यक्षलाई एकजना वक्ता बनाउने उनले नेपाल मण्डलको भाषामा बोल्छन् । अर्को, यो वर्ष मारिएको प्रजा हो, चेपाङ हो, चेपाङको घर पनि जलाइयो । चेपाङ संघको अध्यक्षलाई झिकाउने, उनले पनि आफ्नो भाषामा बोल्छन् । अर्को, मासिने मतवाली भनेर आर्मीको इतिहासमा कहिल्यै पनि भर्ती नगरेको तामाङ घेदुङ संघको अध्यक्ष बोल्ने । त्यसमा हामी अरु एक–दुईजना पनि बोल्ने । प्रोग्रामको एमसी कसलाई गराउने भन्दा मधेस इतिहासमै नेपाल आर्मीको राडारभन्दा बाहिर छ, त्यसो हुनाले कार्यक्रमको एमसी मोहना अन्सारीजीलाई बनाउने ।

मोहनाजीले उर्दू त मातृभाष भएन, अवधीमा भाषण गर्नुहुन्छ । अवधीमा एमसी गरेको र मातृभाषामा कार्यक्रम गरेको यो चाहिँ फागुन ७ को रिभिजिट गर्न टुँडिखेल दाबी गर्दाखेरि नेपालको सबभन्दा नैतिक बल आर्जन हुन्छ । त्यहाँ नागरिक घोषणा पत्र जेबी विश्वकर्मा भन्ने साथीले पढ्नुभयो । यसरी सबैको सांकेतिक प्रतिधिधित्व इन्द्रेणी होस् भनेर हामीले डिजाइन गर्‍यौं  ।

मोहनाजीले अवधी भाषामा बोल्दाखेरि केही मानिसहरुले हिन्दी बोलेको भन्ने ठाने । उनीहरुले हिन्दी र अवधी पनि बुझेनन् । एक हिसाबले त्यो कार्यक्रम हामीले सोचेजस्तो दुईवटै कारणले भएन । तर, हामीले इतिहासमा एउटा राम्रो सन्देश दर्ज गर्यौं भन्ने लाग्छ ।

समीक्षा गर्दागर्दै संसद पुनस्र्थापना

कार्यक्रमको ‘रिभ्यु’ गर्ने क्रममा कतिपय साथीहरुले यो नागरिक आन्दोलनको सीमा देखियो, तपाईहरुको प्रतिरोध गर्ने तागत पनि कम भयो, डिजाइन पनि मिलेन भन्न थाल्नुभयो ।

फागुन ७ को दुई–तीन दिनपछि हामी अब कसरी जाने भनेर समीक्षा गर्ने क्रममा ठ्याक्क सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरिदियो । फैसलापछि पनि हामीले पुस ५ ले ट्रिगर गरेको हाम्रो आन्दोलन जारी छ भनेर हामीले भन्यौं ।

तर, आन्दोलनको जुन माहोल निर्माण भएको थियो, संसद पुनस्र्थापना भइसकेपछि त्यो माहोल कम भयो । अब हाउसले नै राजनीतिक मुद्दालाई उठाउने कोर्टले भनिसकेपछि हामीले राजनीतिक मुद्दा उठाइरहनुपरेन ।

पहिलो नागरिक आन्दोलनले गरेको गल्ती

हामीले के महसुस गर्‍यौं  भने हिजो दोस्रो जनआन्दोलन (२०६२/०६३) पछि नागरिक आन्दोलन विसर्जन भयो । राजनीतिक मुद्दा उठेको थियो, जनआन्दोलन टुंगियो, माओवादी शान्ति प्रक्रियामा आयो, संविधानसभाको चुनाव भयो । यत्तिमै नागरिक आन्दोलनको एजेण्डा टुंगियो भनेर त्यहाँ विसर्जन भयो ।

त्योबेला नागरिक आन्दोलनमा आएका मानिसहरुका वीचमा पनि अनेक असहमतिहरु भए । कहिले को छुट्ने, कहिले को आउने भयो । यसरी त्योबेलाको नागरिक आन्दोलन विसर्जन भयो ।

यसपटक हामीले के छलफल गर्‍यौं  भने नागरिक आन्दोलन निरन्तर रहिराखेको भए सडकको ‘वाचडग’ तगडा भइरहने थियो । कुनै गलत कामविरुद्ध उसले नैतिक बलका आधारमा आह्वान गर्दाखेरि जनता उत्रिन्थे । सधैं जनता बलियो भइरहने थिए । तर, हिजोको नागरिक आन्दोलनले यसमा गडबड ग¥यो, जुन हामीलाई शिक्षा भयो ।

सामाजिक–साँस्कृतिक मुद्दाहरु

हामीसँग विभिन्न सामाजिक मुद्दाहरु छन् । साँस्कृतिक मुद्दाहरु छन् । अधिकारको मुद्दा छ, समावेशिताको मुद्दा छ । जनआन्दोलनपछि अन्तरिम संविधानले दिएका अधिकारहरू विस्तारै–विस्तारै कटौती भएर चित्त दुखाएका समुदायहरू आफ्नो तरिकाले लडिरहेका छन् । तिनीहरु आन्दोलनमा हामीसँगै छन् ।

यही क्रममा हामी काठमाडौंको नेपाल मण्डलभित्रका मुद्दाहरूमा प्रवेश गर्‍यौं  । नेपाल मण्डल यति विभाजित छ काठमाडौंमा, आफैंमा जात प्रथा, आफैंमा विभक्त समुदाय छ । यहाँ उसका दुःखेसोहरु, वेदनाहरु, संघर्षहरु व्यापक छन् । यी धेरै जटिल इस्युहरु छन् ।

यहाँ उपत्यका सडक विस्तार संघर्ष समिति ७ वर्षदेखि लडिराखेको छ । कहिले माइतीघरमा पानीको फोहोरा खान्छ, कहिले पिटिन्छ । कहिले मिडियाले कभरेज गर्छ, कहिले गर्दैन । उनीहरु भन्छन्, पुलिस पनि हाम्रो होइन, न्यायालय पनि हाम्रो होइन । न्यायालयबाट अन्तरिम आदेश लिएर आयो, डोजरले घर फोर्दिइहाल्छ । अदालतबाट आदेश ल्याएर पनि काम छैन । त्यसैले यो स्टेट हाम्रो होइन, कहिलेकाहीँ मिडियाले लेखेजस्तो गर्छ, मिडिया पनि हाम्रो होइन । हाम्रा लागि कोही पनि भएन भन्ने सडक संघर्ष समितिका साथीहरुको ठूलो चित्त दुःखाइ भएको पायौं ।

हामीले भन्यौं, अबको नागरिक आन्दोलनमा देशव्यापी साना–साना समूहहरु जुन–जुन मुद्दामा अन्यायविरुद्ध लडिरहेका छन्, यो तपाईंहरुको मात्रै मुद्दा हैन, हाम्रो पनि मुद्दा हो । कतिपय ठाउँमा आफैं अगाडि सर्छौं, कतिपय ठाउँमा सँगै हातेमालो गर्छौं, कतिपय ठाउँमा ‘ब्याकअप’ दिन्छौं भन्यौं ।

यसक्रममा बालाजुमा ठूलो अन्याय भएको पाइयो । ७/८ घर  त भूमिविहीन मात्रै होइन, घरविहीन भएको पाइयो । त्यहाँ हाम्रो पनि साथ पाएपछि उनीहरुमा अलिकति आँट आयो । महानगरपालिकाले जनताको घर उखेलेर त्यहाँ शौचालय, सूचनाकेन्द्र बनाउने योजना बनाएको रहेछ । राज्यमन्त्री रामवीर मानन्धरको घर पनि त्यहीँ हो । उनकै स्वार्थले त्यहाँ बाटो अर्कै भएको थियो ।

स्थानीयले अदालतको स्टे अर्डर छ भनिसकेपछि सूचना केन्द्र बनाउन राखिएका जस्तापाता पीडितहरुले फालिदिए । त्यसपछि ६ जना स्थानीय पक्राऊ परे । प्रहरीले लगेर उनीहरुलाई हिरासतमा राख्यो । त्यसपछि संघर्ष समितिमा दुईजना हिरासतमा उनीहरुलाई भेट्न गए ।  एकजना विरामी बूढा मान्छे औषधि खाइरहेका थिए । उनलाई नेवारी भाषामा केही औषधि–सौषधि खानुभएको छ ? भनेर खोध्दाखेरि प्रहरीले आएर नेपालीमा बोल् भन्यो । ती मान्छे ७ वर्षदेखि संघर्षमा खारिएर आएका, उनले प्रहरीलाई भने, कुन भाषा प्रयोग गर्ने, मलाई संविधानले दिएको मौलिक हक हो, मेरो मातृभाषा बोल्न नपाउने ? प्रहरीले बोल्न पाइँदैन भन्दै ड्याम्म पिटेर हत्कडी लगाएर हिरासतमा हालिदियो ।

यसबाट उनीहरुभित्र यति गहिरो वेदना पलायो कि हिजो पद्मरत्न तुलाधर २०४३ सालमा जेल पर्दाखेरि आमा भेट्न आइन् । ढोकामा आएर उनले नेवारी भाषामा बोल्दाखेरि पुलिसले बोल्न नदिएर आमालाई निकालिदिएको थियो । यो रियालिटी नेपाल मण्डलमा एकदमै रेकर्ड भएर बसेको छ । उनीहरुलाई यो कुराले कति चित्त दुख्यो होला ?

दुईजनालाई पनि हत्कडी लगाएर थुनेपछि ८ जना प्रहरी हिरासतमा भए । त्यसपछि हामीले भन्यौं– यो त अन्याय हो । आफ्नो भाषामा बोल्न पाउनु सबैको अधिकारको कुरा हो । त्यसपछि हामीले मातृभाषामा मार्चहरुको प्लान ग¥यौं ।

प्लान गर्ने क्रममा एकदिन माइतीघरमा एउटा विरोध कार्यक्रम थियो, उता कमलपोखरीमा राति नै सिमेन्ट हालियो भन्ने खबर आयो । त्यहाँबाट आकस्मिक घोषणा गरेर हामी मार्च पास गर्दै कमलपोखरी गयौं ।

अहिले हामीले सेयर गर्न खोजेको, हामीले आइडियाहरु विकास गर्न खोजेको के छ भने नेपालभित्र जति पनि दृष्यमा नआएका, ठूलो विभेदमा परेका साना–साना आन्दोलनहरु छन्, उनीहरुलाई हामीले हात र साथ दिनुपर्ने हुन्छ । आन्दोलनका क्रममा मैले यस्ता धेरै कुराहरु बुझ्न पाएँ ।

त्यहाँ पुगेपछि स्थानीयहरुले आलो सिमेन्ट उक्काइदिए । पहिला प्रहरीले केही पनि गरेन, पछि ठेकेदारको मान्छे आएर प्रहरीलाई अर्डर ग¥यो । हामीले भन्यौं– तपाईहरुलाई अर्डर गर्ने ठेकदारले हो कि तपाईहरुले नागरिकको आवाज सुन्ने हो ? तपाईहरुलाई मेयरले चलाउने हो कि ठेकेदारले ? हामी पनि त नागरिक हो, हाम्रो पनि अधिकार छ । हामीले दिएको निर्देशन तपाईहरुले पालना गर्नुपर्छ भनेको छैन, तर ठेकदारको निर्देशन पालना गरेर हामीलाई पक्रने ? यति भनिसकेपछि त्यहाँ ‘कन्फ्रन्टेसन’ भयो ।

भनिसकेपछि कहाँ–कहाँ शक्ति–संघर्ष छ भन्ने कुरामा हाम्रो बुझाइमा, विशेष गरी मेरो हकमा पत्रकारितामा हुँदाखेरि समाज चिन्नलाई जति लाभ थियो, त्योभन्दा बढी लाभ भयो । कारण के भने पहिलाचाहिँ यी समस्या छन् भन्ने देख्थें, हो भन्ने पनि लाग्थ्यो र लेखिन्थ्यो  पनि । तर, अहिलेचाहिँ भित्रैबाट गहिरोसँग बुझियो । किनभने आफैं सडकमा भइयो । त्यो सडकमा बस्यो भने मिडियालाई कति कुरा नभनेकाहरुले पनि आन्दोलनमा लागेपछि यो मेरै मान्छे हो, यसलाई चाहिँ मेरो मनको कुरा भन्छु भनेर भित्रैदेखि छलफल गर्दारहेछन् ।

अहिले हामीले सेयर गर्न खोजेको, हामीले आइडियाहरु विकास गर्न खोजेको के छ भने नेपालभित्र जति पनि दृष्यमा नआएका, ठूलो विभेदमा परेका साना–साना आन्दोलनहरु छन्, उनीहरुलाई हामीले हात र साथ दिनुपर्ने हुन्छ । आन्दोलनका क्रममा मैले यस्ता धेरै कुराहरु बुझ्न पाएँ ।

नागरिक आन्दोलनको अबको बाटो

अहिले नागरिक आन्दोलन छैन कि क्या हो भनेर साथीहरु भन्दैछन् । सधैं त कार्यक्रमहरु हुँदैनन् । मार्चपास पनि सधैं हुँदैन । सधैं प्रहरीसँग भिडन्त गर्न जाने पनि होइन ।

अब प्रतिनिधिसभा पुनस्र्थापना भएपछि दलहरुको दायित्व थियो, विकल्प दिने । त्यो नदिएको हुनाले अब डाइलग गरौं भनेर अस्ति एकेडेमीमा हामीले डाइलग ग¥यौं । पोलिटिकल पार्टीलाई के भन्यौं भने ओलीलाई तुरुन्तै राजीनामा गराउनुप¥यो । हिजो प्रतिगमन भयो भन्छ, तर त्यसले किन आफ्नो भूमिका निर्वाह गर्दैन ? यही प्रश्न सोध्नका लागि नेताहरुलाई डबलीमा ल्याएर प्रश्न ग¥यौं ।

अब के गर्ने भन्नेबारे सबै योजना निर्माणकै चरणमा छन् । दलितहरुको रुकुमको मुद्दा छ । अहिलेको आधुनिक जमानामा प्रेम गर्दाखेरि मारिएको दर्दनाक कहानी छ । उनीहरुका आफन्त यहाँ रुँदै आए । उनीहरुले पनि प्रहरीको घच्चीमच्ची खाए । घटना भएको वर्ष दिन पुगेको सन्दर्भमा जेठ १० गते तिनकै सम्मानमा दलित मार्चको कार्यक्रम तय भएको छ । ७० वर्षमा दलितहरुले के पाए भनेर रिभिजन गर्ने प्रोग्राम हो यो ।

अर्को के छ भने टुँडीखेलको मुद्दा । यो आजको आजै खाली गर्दैनन् । काठमाडौंको मान्छेलाई यो टुँडिखेल मेरो अक्सिजनका लागि चाहिन्छ, यसले पानीको अन्डरग्राउण्ड रिचार्ज गर्ने मात्रै होइन, पब्लिक स्पेस  त जनतालाई दिनुप¥यो नि भन्ने महसुस हुनुपर्छ । हामी त्यहीँ राख्नुपर्छ भन्ने छैन । सम्भवतः हामी यसको फलोअप प्रोग्राम बनाउँछौं । बैशाख ११ को लोकतन्त्र दिवसलाई फेरि यसमा कनेक्ट गरेर टुँडिखेलको अर्को एउटा कार्यक्रम कसरी दिने, त्यसमा हामी छलफल गर्नेछौं ।

अर्को, खोकनाको मुद्दा छ । खोकनाको दुःख के हो भने त्यहाँ ६ वटा प्रोजेक्टहरु छन् । खोकना र बुङ्गमतीको १३ हजार रोपनी जग्गा, जसले नेपालको मच्छिन्द्रनाथ जात्रा धान्छ, काठमाडौंको सभ्यता र सँस्कृति धान्ने सबैभन्दा पुराना गाउँहरु नै तिनै दुईटा हुन् । त्यहाँको १३ हजार रोपनी जुन भूमि हो, त्यसमध्ये १० हजार रोपनी रोक्का छ ।

कल्पना गर्नुहोस्, त्यहाँभित्रको मान्छे, जसको जग्गा रोक्का छ, उसले सँस्कृतिको देश धान्दिनुपरेको छ । पर्यटनको देश धान्दिनु परेको छ । त्यो मान्छेको जग्गा रोक्का छ । उसको आत्मसम्मान के हो ? त्यो मान्छेमा कल्पना शक्ति कहाँबाट आउँछ ? त्यो मान्छेले कसरी प्रतिरोध गर्छ ? कसरी संघर्ष गर्छ ? हामी नागरिक आन्दोलनमा स्वयंसेवी भएर आफ्नै खर्चमा आन्दोलन गर्दाखेरि त के होला भन्ने छ, हाम्रो त सम्पत्ति रोक्का छैन । तर, खोकनाको मान्छेको सम्पत्ति रोक्का भएको छ । उनीहरुले लडाइँ कोसँग गर्ने ? कहिलेसम्म लड्ने ? त्यसैले यो प्रतिरोधको अर्को ठूलो मुद्दा हो ।

खोकनामा ६ वटा प्रोजेक्टहरु छन् । फास्ट ट्रयाक मात्रै होइन । त्यो हाइटेन्सन लाइन मात्रै होइन । बाहिरी रिङरोड मात्रै होइन । स्मार्ट सीटीमात्रै होइन । अरु दुई–तीनवटा त्यस्तै मेजर प्रोजेक्टहरु छन् । उसको जुन जग्गा हो, त्यसबाट उसले जात्रा धान्छ, खेतीपाती गर्छ, त्यसमा पूरै राजकुलो खत्तम गरेर सिंचाइँविहीन भएको छ । तल बागमती बगिरहेको छ, त्यहाँबाट माथि सिंचाइँ गरेर तपाई खोकनाबासीहरुप्रति हाम्रोृ गर्व छ है, तपाईहरुले नेपालको सँस्कृति धान्नुभो, एग्रिकल्चर धान्नु भो, खाना सबै सिकाउनुभो, तपाईहरुलाई हामी सिंचाई लगिदिन्छौं भन्ने भाष्य निर्माण गर्नु त कता हो कता... । उनीहरुले भित्रैदेखि के सोचिरहेका छन् भने हामीलाई हाम्रो भूमिबाट विस्थापन गर्न खोजिँदैछ । नेपाल मण्डलको सभ्यता सिध्याउन लागिएको हो भन्ने छ ।

खोकनाबासीमा यो गहिरो वेदना छ । अब हामीले कसरी उनीहरुलाई आत्मबल दिएर काठमाडौं जोगाउने हो भने तपाईहरु जोगिनुपर्छ, यो हाम्रो पनि लडाइँ हो है भनेर संघर्ष गर्नुपर्ने छ ।

त्यसैले देशभरि जहाँ–जहाँ साँच्चै नै उत्पीडन छ, त्यहाँ हामी उनीहरुसँग सहकार्य गर्न चाहन्छौं । बढी हाम्रो कुरा भन्नुभन्दा पनि हामी बढी चाहिँ बुझ्ने क्रममै छौं । यो जारी छ ।

अर्को मुद्दा त्यस्तै छ, थारुहरुको । टीकापुर काण्डपछि त उनीहरु बदनाम भए । थारु मुभमेन्ट नै सकियो । खत्तम छ । मानिसहरु जेलमा छन् । प्रतिवेदन सार्वजनिक गरेको छैन । आन्दोलनमा कुन घुसपैठियाले घुसपैठ गर्यो, त्यो मान्छेको भूमिका के थियो, त्यो अहिलेसम्म ‘जस्टिफाइड’ छैन । भनेपछि त उनीहरु यति उत्पीडित छन् । यो उत्पीडनलाई सहकार्य गर्ने ठाउँ के ? काठमाडौंमा कसले खेल्छ यो भूमिका ? मधेसी दलहरु कार्ड बनाएर सत्तामा जान खोजिरहेका छन् । मधेसभित्र थारु एउटा कार्ड भयो । प्रहरी त्यो छ । न्यायालय त्यो छ ।  मिडियाले कहिले लेख्छ, कहिले लेख्दैन, अनि हाम्रो एजेण्डा कसले बोक्छ ? थारुहरुको यो उत्पीडनको ठाउँमा हामीले कसरी काम गर्ने ? यो पनि नागरिक आन्दोलनकै पाटो हो ।

त्यसैले देशभरि जहाँ–जहाँ साँच्चै नै उत्पीडन छ, त्यहाँ हामी उनीहरुसँग सहकार्य गर्न चाहन्छौं । बढी हाम्रो कुरा भन्नुभन्दा पनि हामी बढी चाहिँ बुझ्ने क्रममै छौं । यो जारी छ ।

नागरिक आन्दोलन रिचार्ज भइरहनुपर्छ

मेरो रुटिन र लाइफ स्टायलचाहिँ हिजोको पत्रकारभन्दा अझ बढी चौपट छ । बिहानदेखि रातिसम्म मिटिङहरु भइरहन्छन् । नेगोसिएसनहरु गरिराख्नुपर्छ । विवाद, बहसहरु हुन्छन् । यो कहाँसम्म जान्छ, थाहा छैन । मजस्तै सबै हुनुपर्छ भन्ने पनि केही छैन । मलाई भोलि किताबै लेख्न मन लाग्यो वा मिडियामै काम गर्न मन लाग्यो भने पाउनुपर्यो नि त । त्यसबेला अरुले आएर काम गर्छन् । यो पूरै रिचार्ज भइरहनुपर्छ ।

नागरिक आन्दोलन केही हासिल गर्ने होइन, भोलेन्टियर सर्भिस हो । तपाईहरु पनि आउनुस्, मुद्दाहरु ल्याउनुस् । मुद्दामा अरुलाई बुझाउनुस् । यो आन्दोलन हो, यसमा तागत निर्माण गरौं । जहाँ मेरो कोही पनि भएन भन्छन्, त्यो उत्पीडनको ठाउँमा गएर हामी छौं है भनेर ढाडस दिने हिसाबले नागरिक आन्दोलन अगाडि बढिरहेको छ ।

( खोज पत्रकारिता केन्द्रद्वारा धुलिखेलमा आयोजित ‘सम्पादक सम्वाद’ कार्यक्रममा नागरिक अभियन्ता वाग्लेद्वारा प्रस्तुत विचारको सम्पादित अंश)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.