कोकाकोलाद्वारा सफाईकर्मीका लागि सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना
काठमाडौं । कोका–कोला फाउन्डेसन र बोटलर्स नेपालको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१को अवसरमा सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
कार्यक्रममा कामको बखत र काम सक्किए पछाडि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोग सम्बन्धि एक सत्र समावेश थियो ।
कम्पनीले सुरक्षा गियर सहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाईकर्मीलाई हस्तान्तरण गरेको छ । आगो दुर्घटना र अन्य जोखिमहरुको जोखिमलाई ध्यानमा राख्दै, प्रत्येक साइटमा आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु सहित प्रशिक्षण दिइएको हो ।
डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्दाको बारेमा मेडिकल चेकअप र परामर्श लिने काम भयो ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले फोहोर र रिसाइकलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्दै आएको बताए ।
क्रियशनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले वेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको जिविका, वातावरण र समाजलाई जोखिममा पर्ने बताए । उनीहरुलाई सहयोग गर्न यस्ता प्रशिक्षण तथा स्वास्थ्य शिविरको आयोजना गरिएको उनले बताए ।
कार्यव्रmममा सतुंगल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिंग साइटहरुको ६७ सफाईकर्मीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण