
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ । प्रतिवादी १३ जना आरोपीहरुको तर्फबाट बहस गरिरहेका अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा जिल्लाको फुजेल निवासी १३ जनालाई सफाई दिएको हो ।
कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए ।
चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाई दिएको थियो । जिल्ला अदालत चितवनको फैसला विरुद्धमा कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।
सो मुद्दामा अधिवक्ताहरू रमण श्रेष्ठ, चण्डीराज श्रेष्ठ, दीनमणि पोखरेल, मुक्ति प्रधान र केशव गौतमले बहस गरेका थिए । कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठमा अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएकोे थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ