बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनता समाजवादी पार्टीले थाल्यो आन्तरिक छलफल

आइतबार, २९ चैत २०७७, १८ : १७
आइतबार, २९ चैत २०७७

काठमाडौं ।  प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जनता समाजवादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३÷४ दिन अझै चल्ने बताए ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप