शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट लागु औषधसहित युवक पक्राउ

आइतबार, २९ चैत २०७७, १७ : ४०
आइतबार, २९ चैत २०७७

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले झापाको विर्तामोड–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको हो ।
लखनको साथबाट लागुऔषध फेनारगन ५ सय एम्पुल र लुपिजेसिक ५ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

झापाबाट काठमाडौं आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसमा आएका लखनले झोलामा लुकाएर सो लागुऔषध ल्याएका हुन् । उनीमाथी लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप