शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिल शर्मा शोका कलाकारले प्रत्येक भागका लागि कति पारिश्रमिक लिन्छन् ?

आइतबार, २९ चैत २०७७, १३ : ३३
आइतबार, २९ चैत २०७७

सोनी टिभीमा प्रसारण हुने द कपिल शर्मा शो टिभीको दुनियाँका सर्वाधिक चर्चित हास्यकलाकारमध्ये एक हुन् । यो शोलाई भारतमा मात्रै होइन नेपालमा पनि धेरै मानिसहरुले रुचाउँछन् । कार्यक्रममा थुप्रै चर्चित कलाकारले आफ्नो प्रस्तुती दिने गर्छन् । तर के तपाईंलाई यो शोको एक एपिसोडका लागि कलाकारले कति पारिश्रमिक लिन्छन् भन्ने थाहा छ ? आउनुहोस्, यसबारे जानकारी लिऔंः

कपिल शर्माः

उद्घोषक र चर्चित सिरियल्समा आफ्नो कमेडीमार्फत् सबैलाई हसाउने कपिल शर्मा भारतका कमेडी किङ बनिसकेका छन् । कपिलले हालसम्म यो शोका लागि हरेक एपिसोडको ३० लाखदेखि ३५ लाख भारुसम्म लिने गर्दथे । तर आउँदो सिजनमा कपिल शर्माले पारिश्रमिक बढाइदिएका छन् र रिपोर्टलाई विश्वास गर्ने हो भने उनले हरेक एपिसोडका लागि ५० लाख भारु पाउनेछन् ।

अर्चना पूरण सिंहः

अर्चना पूरण सिंह कपिल शर्मा शोकी मुख्य आकर्षक हुन् । शोमा उनको स्थान उच्च छ । उनले नवजोत सिंह सिद्धूलाई रिप्लेस गरेकी हुन् । अर्चना पनि बीच–बीचमा आफ्ना प्रशंसकलाई आफ्नो ठट्टाले निकै हसाउँछिन् । उनलाई हरेक एपिसोडका लागि १० लाख भारु दिइन्छ ।

कृष्णा अभिषेकः

आफ्नो कमेडी र महिला पात्रको भूमिकामार्फत् धेरैको वाहवाही बटुलेका छन् । उनले ज्याकी श्रोफ, अनिल कपुर र अमिताभ बच्चनजस्ता अभिनेताको मिमिक्री पनि गरेका छन् । कृष्णाले हरेक एपिसोडका लागि १० देखि १२ लाख भारु पारिश्रमिक पाउँछन् ।

किकू शारदाः

किकू शारदाले लामो समयदेखि मानिसहरुलाई हसाउने काम गर्दै आएका छन् । यी कलाकारले यो टिभी शोमा काम गर्नका लागि ५ लाख भारु पाउने गर्छन् । उनी शोमा सबैभन्दा क्रियटिभ क्यारेक्टर्समध्ये गनिन्छन् । उनले बच्चा यादव, बम्परसमेत थुप्रै भूमिका निभाइसकेका छन् ।

भारती सिंहः

भारती सिंहको कमेडीको दुनियाँमा निकै ठूलो नाम छ । उनी हरेक शोका लागि १० देखि १२ लाख भारु लिने गर्छिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिइसकेकी छिन् ।

चन्दन प्रभाकरः

शोमा चियो बेचेर सबैलाई हसाउने कला यदि कसैमा छ भने त्यो चन्दन प्रभाकर हुन् । आफ्नै बेइज्जती गराएर वाहवाही पाउने चन्दू सबैका प्रिय हुन् । उनी हरेक एपिसोडका लागि ७ लाख भारु पाउँछन् ।

सुमोना चक्रवर्तीः

सुमोना चक्रवर्ती ती पात्र हुन् जसलाई कपिल शर्माले सबैभन्दा धेरै मजाक उडाउँछन् । यहि कारण कार्यक्रमलाई महिलावादी विचारधारा भएका मानिसहरुले ट्रोल गर्ने गर्छन् । सुमोनाले यो शोको प्रत्येक एपिसोडका लागि ६–७ लाख  पाउने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप