देउवालाई बाबुरामको प्रस्ताव : तपाईं अघि सर्नुहोस्, नत्र म सर्छु !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको प्रस्ताव छ ।
नेपाली काँग्रेसनिकट स्रोतले रातोपाटीसँग भन्यो, ‘जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका छन् ।’
जसपाको उपेन्द्र–बाबुराम पक्षले राखेको यो प्रस्तावबारे देउवाका तर्फबाट कुनै जवाफ आइनसकेको स्रोतले रातोपाटीलाई बतायो । चैत २७ गते काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए ।
सत्ता समीकरणबारे छलफल गर्न जसपाको पदाधिकारी बैठक बस्दै
देउवानिवासमा बसेको तीन दलीय बैठकमा काँग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन जनाउन जसपासँग प्रस्ताव राखेका थिए । देउवाको सोही प्रस्तावमाथि छलफल गर्न आज (आइतबार) दिउँसो २ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाको पदाधिकारी बैठक बस्दैछ ।
बैठकमा सत्ता समीकरणबारे छलफल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा काँग्रेस र माओवादीसँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने जसपाका एक नेताले बताए । काँग्रेस तयार नभएर जसपाकै तर्फबाट अविश्वास प्रस्ताव अघि बढाउनुपर्नेमा उपेन्द्र–बाबुराम पक्षको मत रहेको ती नेताले बताए ।
आजको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक बोलाउने बारेमा पनि छलफल हुने बताइएको छ । आज बस्ने पदाधिकारीको बैठकले कार्यकारिणी समितिको बैठक तय गर्ने सो पार्टीले जनाएको छ ।
यसअघि चैत ५ गते बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित बैठक होलीपछि बस्ने भनिएको थियो । होलीपछि नेताहरु उपत्यका बाहिर भएका कारण बैठक तय भइरहेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण