देउवालाई बाबुरामको प्रस्ताव : तपाईं अघि सर्नुहोस्, नत्र म सर्छु !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको प्रस्ताव छ ।
नेपाली काँग्रेसनिकट स्रोतले रातोपाटीसँग भन्यो, ‘जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका छन् ।’
जसपाको उपेन्द्र–बाबुराम पक्षले राखेको यो प्रस्तावबारे देउवाका तर्फबाट कुनै जवाफ आइनसकेको स्रोतले रातोपाटीलाई बतायो । चैत २७ गते काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए ।
सत्ता समीकरणबारे छलफल गर्न जसपाको पदाधिकारी बैठक बस्दै
देउवानिवासमा बसेको तीन दलीय बैठकमा काँग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन जनाउन जसपासँग प्रस्ताव राखेका थिए । देउवाको सोही प्रस्तावमाथि छलफल गर्न आज (आइतबार) दिउँसो २ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाको पदाधिकारी बैठक बस्दैछ ।
बैठकमा सत्ता समीकरणबारे छलफल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा काँग्रेस र माओवादीसँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने जसपाका एक नेताले बताए । काँग्रेस तयार नभएर जसपाकै तर्फबाट अविश्वास प्रस्ताव अघि बढाउनुपर्नेमा उपेन्द्र–बाबुराम पक्षको मत रहेको ती नेताले बताए ।
आजको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक बोलाउने बारेमा पनि छलफल हुने बताइएको छ । आज बस्ने पदाधिकारीको बैठकले कार्यकारिणी समितिको बैठक तय गर्ने सो पार्टीले जनाएको छ ।
यसअघि चैत ५ गते बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित बैठक होलीपछि बस्ने भनिएको थियो । होलीपछि नेताहरु उपत्यका बाहिर भएका कारण बैठक तय भइरहेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने