शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

द व्रिटिस कलेज ‘जब फेयर–२०२१’सम्पन्न, विद्यार्थीहरुले पाए बिभिन्न संस्थामा काम गर्ने अवसर

आइतबार, २९ चैत २०७७, १३ : ०६
आइतबार, २९ चैत २०७७

काठमाडौ । द ब्रिटिस कलेजले ‘टीबीसी जब फेयर–२०२१’ सम्पन्न गरेको छ । शुक्रबार कलेजले थापाथली स्थित आफ्नै भवनमा कार्यक्रम सम्पन्न गरेको हो ।  

जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरुको सहभागितामा २०० भन्दा बढी विद्यार्थीहरुले अन्तक्र्रिया र अन्तवार्ता दिने अवसर पाएका थिए । कलेजको पूर्व विद्यार्थीहरूसँगै स्नातक तह अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएससी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातकोत्तर तहको एमएससी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए । 

इन्भेष्टरहरुको उपस्थितिमा विद्यार्थीहरुलाई आफ्नो आइडिया पिच गर्ने मौका पनि कलेजले व्यबस्था गरेको थियो जसमा १० वटा ग्रुपले आफ्नो आइडियाहरु प्रस्तुत गरेका थिए ।

 जब फेयरमा उत्पादन, रिटेल, एकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति थियो । यती एयरलाइन्स, भास्तल इम्पेक्स (एमआई), योङ्ग इनोभेसन, उज्यालो फाउन्डेसन, ब्रेन डिजिट, निमा एकेडेमी, लिपफ्रग टेक्नोलोजी, सिप्रदी ग्रुप, भोज डिल्स, एडभान्टेज ग्रुप, उपाय कार्गो लगायतका कम्पनीहरुको जब फेयरमा सहभागिता रहेको थियो ।

कलेजका एशोसिएट डिन अरुणलाल जोशीले जब फेयर कार्यक्रम निकै फलदायी भएको बताए । जब फेयरले कलेजका पूर्व विद्यार्थी तथा जब मार्केटको लागि तयार भएका विद्यार्थीहरुलाई सघाउ प¥याएको जोशीको भनाइ छ । जोशीका अनुसार जब फेयरले क्षमतावान विद्यार्थीलाई बिभिन्न संस्थामा आबद्ध भएर काम गर्ने मौका प्रदान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप