फेसबुकमा सार्वजनिक भयो प्रचण्डपत्नीको यस्तो तस्वीर

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । ‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दुब्लाएकी देखिन्छिन् ।
सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड पत्नी सीता हाल चितवनमा छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले जानकारी दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताइन् ।
आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् । उनले भनिन्, ‘आमाको स्वास्थ्य अवस्था सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घटेको छ ।’ दाहालमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।
चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाइ छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अमेरिका लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु