शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनकामना केबुलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

आइतबार, २९ चैत २०७७, १२ : २५
आइतबार, २९ चैत २०७७

काठमाडौं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । 

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालन गर्ने भनिएको केबुलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो । 

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द केबुलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबुलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप