शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गीतकार दीप गिरीको म्यूजिक भिडियो ‘मनखाने माया’ सार्वजनिक

आइतबार, २९ चैत २०७७, ११ : ४०
आइतबार, २९ चैत २०७७

 बेलायतमा बस्दै आएका गीतकार दीप गिरीले 'मनखाने माया’ बोलको गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।  नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’ले  उक्त गीतमा संगीत भरेका छन् । गीतमा संगीत संयोजन विश्व अधिकारीले गरेका छन् ।

गीतको म्यूजिक भिडियो गणेश शाहको निर्देशन र रोनीको कोरियोग्राफी रहेको म्यूजिक  भिडियोमा डिमोन क्षेत्री, रोनी, श्रृजना जिसी, स्मृति श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय छ । म्यूजिक भिडियोको निर्मात्री सविता गिरी छन् । दर्शक तथा स्रोतहरुलाई नाच्न  उत्साहित गर्ने खालको म्यूजिक भिडियो बनेको गीतकार गिरीले बताए। वि सं. २०४९ सालमा संगीतकार राजु सिंहसँगै प्रतिविम्ब ब्यान्डमा जोडिएपछि उनले आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए । अहिलेसम्म उनको रचनामा कर्ण दास, साधना सरगम, जोन, धनुषा सिंह, योजना पुरी, राज खम्बु लगायतका चर्चित गायक गायिकाले आवाज दिइसकेका छन् ।

संगीतकार हरि लम्सालको संगीत र बेलायतस्थित गायक सुजन पराजुली र गायिका दिब्यानी शर्माको स्वरमा गिरीकै रचनाको अर्को नयाँ गीत रेकर्ड भइसकेको छ

लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार गिरीले लेखेका आधा दर्जन गीतहरू यसअघि नै रिलिज भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप