शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन

आइतबार, २९ चैत २०७७, ११ : ३५
आइतबार, २९ चैत २०७७

 नेकपा माओवादी केन्द्रले नुवाकोटको तारकेश्वर गाउँपालिका भइ काठमाडौं बसोबास गर्नेहरुको सम्पर्क समिति तारकेश्वर–काठमाडौं संघीय जनसम्पर्क मञ्च पुनर्गठन गरेको छ । नेकपा खारेज भएर माओवादी केन्द्र र एमाले ब्युँतिएसँगै माओवादीले संगठनलाई बलियो बनाउँदै जाने योजनाअनुरुप सम्पर्क मञ्च पुनर्गठन गरेको हो । 

मञ्चको शनिबार काठमाडौंमा सम्पन्न भेलाले नारायण पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको माओवादी केन्द्र तारकेश्वर गाउँपालिका इन्चार्ज राजेन्द्र न्यौपानेले जानकारी दिए ।  कमिटीको उपाध्यक्षमा कोमल राज ढुङ्गाना, सचिवमा डिल्ली रिमाल सचिव, कोषाध्यक्षमा मधु नेपाली र सहसचिवमा दीपक अधिकारी चुनिएका छन् । 

भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा  प्रतिनिधिसभा सदस्य हित बहादुर तामाङ, जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हिरा नाथ खतिवडासहित रामप्रसाद ढुंगाना, पुष्प लामिछाने, राममाया बोगटी, राजेन्द्र न्यौपाने किरण रिजाल, सोम तामाङ, हरि रिमाल, बद्री रिमाललगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप