शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश सरकारका मन्त्री भन्छन्–सरकार छिट्टै परिवर्तन हुन्छ

आइतबार, २९ चैत २०७७, ११ : १४
आइतबार, २९ चैत २०७७

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्रका उनले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकार पनि परिवर्तन हुने दावी गरेका हुन् । 

आइतबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले प्रदेशमा राजनीति विधि र विधान भित्र बसेर हुने भएकोले छिट्टै निकास निस्कने बताए ।

उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको दाबी गरे ।
उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसँग सहकार्य गरेर पत्रकारका मुद्धा हरुलाई समाधान गर्ने बताए । प्रदेश सरकारको गुरुयोजना भित्र पत्रकार महासंघको भवन निर्माण गर्न पहल गर्ने बताए ।

त्यस्तै रुपन्देही पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल पत्रकार सबैको जीत भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले सबै पत्रकारको क्षमता बृद्धि गर्न विशेष पहल गर्ने बताइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप