शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्यानमारमा सैनिकको दमनमा ८० जना थप मारिएपछि प्रदर्शनकारीले भने, ‘यो नरसंहार हो, उनीहरुले सबैलाई गोली हानिरहेछन्’

आइतबार, २९ चैत २०७७, १० : ४९
आइतबार, २९ चैत २०७७

म्यानमारमा सुरक्षाबलले शुक्रबार यंगून शहर नजिकै प्रदर्शनकारीमाथि राइफल ग्रेनेड चलाए जसका कारण ८० भन्दा बढीको मृत्यु भएको छ । यो जानकारी म्यानमारको एक समाचार आउटलेट र ‘असिस्टेन्स असोसिएशन फर पोलिटिकल प्रिजनर्स’ (एएपीपी) नामको संस्थाले दिएको हो ।

म्यानमारमा स्थानीय मिडिया रिपोर्ट र प्रत्यक्षदर्शीका अनुसार सुरुमा यंगूनको उत्तर–पूर्वस्थित बगो शहरमा सुरक्षाबलको हमलामा मारिएका मानिसहरुको संख्याको अन्दाज लगाउन सकिएको थिएन ।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाबलले शवलाई जेयार मुनी पगोडा (एक प्रकारको बौद्ध भवन) को परिसरमा एकमाथि अर्को गरी खप्टिएर राखेका थिए र इलाकालाई चारैतिरबाट घेरिएको थियो ।

स्थानीय समाचार एजेन्सी म्यानमार नाउ र एएपीपीले शनिबार सुरक्षाबलले सैन्य कूविरुद्ध प्रदर्शन गरिरहेका ८२ जनालाई गोली हानेको जानकारी दिएका छन् ।

म्यानमार नाउले भन्यो, ‘सेनाले शुक्रबार सबैभन्दा पहिला गोली चलाउन सुरु गरे र यो अपरान्हसम्म जारी रह्यो ।’

एक प्रदर्शन आयोजक ये हुतुतले समाचार एजेन्सीसँगको कुराकानीमा ‘यो नरसंहार जस्तो हो । उनीहरुले सबैलाई गोली हानिरहेका छन् । यहाँसम्म कि उनीहरु छायाँमाथि पनि गोली हानिरहेका छन् ।’

हालसम्म कूल ६१८ मानिसको ज्यान गयोः रिपोर्ट

म्यानमारमा सोसल मिडियामा बताइए अनुसार धेरैजसो मानिसहरु शहर छोडेर भागेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यसबारे म्यानमारको सेना जुनटासँग सम्पर्क सम्पर्क स्थापित गर्न सकिएको छैन ।

एएपीपी सुरक्षाबलद्वारा पक्राउ परेका र मारिएकाहरुको दैनिक सूची तयार गरिँदै छ । संस्थाले फेब्रुअरीमा भएको सैन्य कूपछि सेनाले ६१८ जनाको ज्यान लिएको बताएको छ । यद्यपि, म्यानमारको सेनाले यति ठूलो संख्यामा प्रदर्शनकारी मारिएको दाबी अस्वीकार गरेको छ ।

सेनाका अनुसार उसले देशमा सैन्य कू यसकारण गरे किनभने नोभेम्बरमा आङ सान सूकीको पार्टीले चुनावमा हेरफेर गरेर जितेका थिए । म्यानमारको निर्वाचन आयोगले सेनाको यो दाबी अस्वीकार गरेको छ ।

म्यानमारको सेना जुनटाका प्रवक्ता मेजर जनरल जा मिन टुनले शुक्रबार एक पत्रकार सम्मेलनमा सेनाको हिसाबले २४८ नागरिक र १६ प्रहरी अधिकारीको मृत्यु भएको बताए । उनले  सुरक्षाबलले प्रदर्शनकारीमाथि कुनै प्रकारको स्वचालित हतियार प्रयोग नगरेको पनि स्पष्ट पारे ।

स्थानीय मिडिया अनुसार म्यानमारमा एथनिक आर्मीका एक समूहले जुनटाको विरोधमा शनिबार एक पुलिस स्टेशनमा हमला गरे जसमा १० प्रहरी मारिए ।

स्थानीय मिडिया अनुसार एथनिक आर्मी समूहले म्यानमारको पूर्वी प्रान्त शानमा रहेको एक पुलिस स्टेशनमा हमला गरे । शान न्यूजका अनुसार हमलामा १० प्रहरी अधिकारीको मृत्यु भयो । यस्तै श्यू फी म्याम न्यूजका अनुसार कूल १४ प्रहरी अधिकारी मारिएका छन् ।

म्यानमारको सेनाले शुक्रबार मानिसहरुले शान्ति चाहेका कारण सैन्य शासनविरुद्ध मानिसहरुको प्रदर्शन फितलो हुँदै गइरहेको बताए । सैन्य अधिकारीले आफूहरुले दुई वर्षभित्र चुनाव पनि गराउने बताएका छन् ।

यस्तै, सत्ताबाट हटाइएका म्यानमारका नेताले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सेनाविरुद्ध कारवाहीको अपिल गरेका छन् ।

स्रोत: बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप