शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिलानको जीतमा इब्राहिमोविचलाई रातो कार्ड

आइतबार, २९ चैत २०७७, ०९ : ५९
आइतबार, २९ चैत २०७७

एसी मिलानले पार्मालाई हराउँदै इटालियन सिरिए एको उपाधि जित्ने झिनो आशा कायम राखेको छ । यद्यपि, खेलमा ज्लाटान इब्राहिमोविचले रातो कार्ड खान पुगेका छन् ।

३९ वर्षीय स्वीडिस स्ट्राइकरले खेलको ६० औँ मिनेटमा रेफ्रीलाई केही कुरा भनेपछि सिधै रातो कार्ड पाएका थिए । त्यतिबेला मिलान २–० ले अघि थियो ।

इब्राहिमोविचले एन्टे रेबिकलाई पहिलो गोलको अवसर सिर्जना गरेका थिए भने फ्रांक केइसीको गोलमा संलग्न थिए । त्यसपछि रिकार्डो गाग्लिओलोले पार्मालाई आशा दिलाए पनि राफायल लिओले इन्जुरी समयमा गोल गर्दै मिलानलाई ३–१ ले जीत दिलाए ।

मिलान शीर्ष स्थानमा रहेको इन्टरभन्दा ८ अंकले पछि रहेको छ । इन्टरले आइतबार काग्लिअरीको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप