कोरोनाको जोखिम : बेसार पानीको कथा महँगो साबित होला
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने बताएका छन् । बेसार पानीको मात्र कथा दोहोर्याई रहे महँगो साबित हुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
भारतमा कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न उच्च सतर्कता अवलम्बन गर्नु पर्ने राणाको भनाइ छ । ‘छिमेक भारतमा द्रुततर दरमा कोरोना संक्रमण बढेको विदितै छ । यसै क्रममा भारतमा कार्यरत धेरै कामदारहरु स्वदेश फर्किरहेको खबर छ । यस अवस्थामा सरकारले सिमाना अनुगमन गर्नेदेखि समयमै सबै सावधानी अपनाउनु जरुरी भएको छ,’ राणाले शनिबार भने ।
उनले ट्वीट गर्दै भने, ‘अन्यथा बेसार पानीको कथा महँगो साबित हुने प्रष्ट छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार