बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रचना र भुषणले ल्याए ‘ह्यापी न्यु इयर’

आइतबार, २९ चैत २०७७, ०९ : १३
आइतबार, २९ चैत २०७७

काठमाडौंँ । नयाँ बर्ष २०७८ को पुर्व संध्यामा गायिका रचना रिमाल र गायक भुषण खतिवडाले नयाँ बर्ष सम्बन्धि गीत ‘ह्यापी न्यु इयर’ सार्वजनिक गरेका छन् ।

बसन्त लम्सालको शब्द, संगीत रहेको गीतको एरेन्ज सुरज श्रेष्ठले गरेका हुन् । गीतको भिडियो रमाइलो र घुमघामको शैलीमा तयार गरिएको छ ।

भिडियोमा लुष बराइली ,रन्जीत पौडेल ,अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप