बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एल क्लासिको : बार्सालाई हराउँदै रियल शीर्ष स्थानमा

आइतबार, २९ चैत २०७७, ०६ : ५९
आइतबार, २९ चैत २०७७

चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई सिजनको दोस्रो एल क्लासिकोमा हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल २–१ अन्तरले विजयी बनेको हो ।

खेलको १३ औँ मिनेटमा नै करिम बेन्जेमाले उत्कृष्ट गोल गर्दै रियलाई अग्रता दिलाएका थिए । पछिल्ला सात लिग खेलमा बेन्जेमाको यो नवौँ गोल हो । खेलको २८ औँ मिनेटमा टोनी क्रुसले फ्रिकिक मार्फत रियलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा ओस्कार मिनगुएजाले बार्सिलोनाका लागि एक गाेल फर्काए पनि त्यसपछि कुनै पनि गोल हुन सकेन । रियलका कासिमिरोले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।

रियल र एथ्लेटिको म्याड्रिडको समान अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि, एथ्लेटिकोले एक खेल कम खेलेको छ । आइतबार रियल बेटिसलाई हराए एथ्लेटिको पुनः शीर्ष स्थानमा उक्लिनेछ । बार्सिलोना लिगको तेस्रो स्थानमा सिमित बनेको छ ।

विधान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप