इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको जाभा द्वीपमा शनिबार ६ म्याग्निच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा रहेको थियो ।
यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ । भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
“उक्त विपत् व्यवस्थापन निकायका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म छ पुगेको छ । भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।”
राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, “भूकम्पमा अहिलेसम्मअ छ को मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरि सुरक्षित स्थानमा राखिएको छ ।” –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोली लागेको हात त त्यति दुख्दैन, देशको अवस्था देखेर दुख्छ दिल
-
दलहरूप्रति घनश्यामको टिप्पणी : मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ !
-
हामीले कम्युनिस्ट एकताको झण्डा न छोडेका छौँ, न छोड्नेछौँ : प्रचण्ड
-
अपहरण गरिएका डिपोर्टी रिहा गर्न बुकेलेलाई मदुरोको माग
-
सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार
-
ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?