शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित

शनिबार, २८ चैत २०७७, २२ : ०१
शनिबार, २८ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । बिहीबार राति सम्पन्न मत परिणाम अनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मोहन पन्तले ३३७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल, महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भए ।

खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुंगेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल विजयी भएका छन् ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजयी भएका छन् ।

देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप