केन्द्रीय संस्करण
फोटोफिचर

कोरोनाको त्रासबीच मनाइयो बिस्केट जात्रा, तस्बिरमा हेर्नुहाेस्

person explore access_timeचैत २८, २०७७ chat_bubble_outline0

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा शनिबारदेखि सुरु भएको छ । गत वर्ष कारोना भाइरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो ।

यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भनेपनि जात्रामा भिड हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको थियो । ‘कोरोनाको त्रासका पुनः देखिएकाले वडाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने र त्यसको अनुगमन प्रशासनले गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले रातोपाटीसँग भनेका थिए।  यद्यपि, जात्रा मनाउने क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको कमै देखिन्थ्यो ।

यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्‍याएर सम्पन्न हुनेछ ।

बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ ।

विगतमा बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने कार्य भएकाले यो वर्ष त्यस्तो कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ  ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.