बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले सोध्यो प्रदेश २ का ४ जना सांसदलाई स्पष्टीकरण, संसदीय दलको नेतामा साह चयन

शनिबार, २८ चैत २०७७, २१ : १५
शनिबार, २८ चैत २०७७

जनकपुर । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ ।

दलको नेतामा भरतप्रसाद साह, उपनेता जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुबी कर्णलाई मनोनित गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका ४ जना प्रदेशसभा सदस्यलाई २४ घण्टाभित्र स्पष्टीकरण समेत सोधेको छ । स्पष्टिकरण सोध्ने निर्णय भएको संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

२४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने उनले बताए । संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो.समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमै छन् ।

यस प्रदेशमा माओवादी केन्द्रका ११ जना सांसद रहका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप