शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघको अन्तिम नतिजा : कसले कति मत पाए ? (सूचीसहित)

शनिबार, २८ चैत २०७७, २१ : १४
शनिबार, २८ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई  तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् ।

महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भएका छन् ।

महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित  गरेका छन् । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् ।

आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल प्यानलका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।

यस्तो छ अन्तिम नतिजा :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप