मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राजकुमार फिलिपको निधनमा राष्ट्रपतिद्वारा समवेदना व्यक्त

शनिबार, २८ चैत २०७७, १६ : ५८
शनिबार, २८ चैत २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् ।

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेका छन् । सन्देशमा उनले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप