मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘महाभारत’ का इन्द्रको ७४ वर्षमा कोरोनाले लियो ज्यान

शनिबार, २८ चैत २०७७, १६ : ५०
शनिबार, २८ चैत २०७७

बीआर चोपडाको ‘महाभारत’ मा इन्द्र देवको भूमिकामा देखिएका अभिनेता सतिश कौलको निधन भएको छ । उनी ७४ वर्षका थिए र कोभिड–१९ द्वारा संक्रमित थिए ।

उनको निधनको खबर उनकी बहिनी सुष्माले पुष्टि गरेकी हुन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा सुष्माले भनिन्, ‘उनी पाँच दिनदेखि लुधियानामा थिए । उनलाई ज्वरो आएको थियो । यद्यपि, कोरोना संक्रमण देखिएला भनेर उनी परीक्षण गर्न डराइरहेका िथए । तीन दिन अघि उनको स्थिति खराब भएपछि केयर टेकरले उनलाई अस्पताल भर्ना गराए । उनको कोभिड परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । तर उनको स्वास्थ्य स्थिति सुधारोन्मुख थियो । ’

बिहान ठिक छु भने, त्यसपछि निधनको खबरः

सुष्माले थपिन्, ‘मैले बिहान मात्रै उनीसँग कुरा गरेको थिएँ, उनले सबैकुरा राम्रो भएको बताएका थिए । त्यसको केही घण्टापछि मलाई उनको निधन भएको भन्ने खबर आयो । ’

अघिल्लो वर्ष एक कुराकानीमा सतिशले आफ्नो नाजुक आर्थिक स्थितिबारे जानकारी दिएका थिए । ३ सय भन्दा बढी पञ्जाबी र हिन्दी फिल्मका अभिनेता रहेका सतिशले लकडाउनले स्थिति खराब पारिदिएको बताएका थिए । यद्यपि, उनले वृद्धाश्रममा बसेको खबरको भने खण्डन गरेका थिए ।

करिब साढे दुई वर्ष अस्पतालको बेडमा रहेः

सतिशले टिभीमा महाभारतबाहेक विक्रम और बेतालका साथै ठूलो पर्दामा प्यार तो होना ही था र आन्टी नम्बर वानजस्ता फिल्ममा काम गरेका थिए । मुम्बईबाट पञ्जाब गएपछि सन् २०११ मा उनले एक्टिङ स्कूल खोलेको पनि बताइन्छ । तर उनी यसमा सफल हुन सकेनन् । सतिशले एक कुराकानीमा भनेका थिए, ‘मैले पछि जति पनि काम गरेँ, त्यो सन् २०१५ मा मेरो कम्मरको हड्डी भाँच्चिएपछि प्रभावित भयो । करिब साढे दुई वर्षसम्म म अस्पतालको बेडमा रहेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप