मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

महिमा चौधरीको छोरी देखेर प्रशंसक चकितः भने, ‘आमाको कार्बन कपी’

शनिबार, २८ चैत २०७७, १६ : २३
शनिबार, २८ चैत २०७७

९० को दशककी चर्चित नायिका तथा मोडल महिमा चौधरी हालै आफ्नी छोरी एरियानासँग मुम्बईको एउटा क्लिनिक बाहिर भेटिइन् । त्यतिबेला महिमाले कालो रङको पहिरन, क्याप र सेतो स्निकर्स लगाएकी थिइन् । यस्तै उनकी छोरी एरियानाले सेतो टिसर्ट, कारगो र सेतो स्निकर्समा देखिइन् ।

दुबै आमा–छोरी फोटोमा असाध्यै राम्री देखिएका छन् । प्रशंसकले पनि उनीहरुको फोटो र भिडियोमा प्रतिक्रिया दिइरहेका छन् । सबैले महिमाकी छोरी एरियानाको सुन्दरताको बेस्सरी तारिफ गरिरहेका छन् । एक प्रयोगर्काले लेखे, ‘आमाकी कार्बन कपी, असाध्यै सुन्दर र क्यूट ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘कति क्यूट छिन् ।’

यस्तै अर्का एकजनाले लेखे, ‘सुपर क्यूट र इनोसेन्ट चाइल्ड ।’

सन् २००७ मा भएको थियो एरियानाको जन्मः

महिमा चौधरीले सन् २००६ मा आर्किटेक्ट व्यापारी बबी मुखर्जीसँग विवाह गरेकी थिइन् र सन् २०१३ मा यी दुई अलग्गिए । एरियानाका जन्म सन् २००७ मा भएको थियो । हालै दिएको एक अन्तरवार्तामा महिमाले दुई पटकको गर्भपतन र आफ्नो विवाह सम्बन्धी समस्याबारे कुरा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘तपाईं आफ्ना अभिभावक वा साथीहरुलाई केही पनि भन्नुहुन्नँ । त्यसपछि अर्को एउटा समस्या थपिन्छ । उनीहरुले मलाई म अर्कोपटक गर्भवती भएको बताएका थिए तर मेरो गर्भपतन भयो । त्यसपछि फेरि अर्को गर्भपतन भयो । यो सबै यसकारण भयो किनभने म त्यो विवाहसँग खुसी थिइनँ । ’

महिमाले श्रीमानसँग थुप्रै कुरामा बहस हुने गरेको बताइन् । उनले भनिन्, ‘म मेरो विवाहसँग खुसी थिइनँ । मुश्किल समयमा मलाई श्रीमानले साथ दिएनन् । गाह्रो पर्दा मलाई मेरी आमा र बहिनीले साथ दिए । जब म बाहिर जान्थेँ तब छोरीलाई माइतीमा छोडिदिन्थेँ । उहाँहरुले छोरीको असाध्यै ख्याल राख्नुहुन्थ्यो । मेरी आमालाई पार्किन्सन थियो । एकदिन मेरा भाइले मलाई आमासँग सिमित समय छ भन्यो । त्यतिबेला म डिप्रेशनमा परेँ, स–सानो कुरामा रुन थालेकी थिएँ र त्यसपछि नै मैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिएँ ।’

महिमाले परदेसबाट गरेकी थिइन् बलिउडमा डेब्यूः

महिमा चौधरी अन्तिम पटक सन् २०१६ मा बंगाली क्राइम थ्रीलर ‘डार्क चकलेट’ मा देखिएकी थिइन् । यो फिल्ममा उनीबाहेक रिया सेन मुख्य भूमिकामा थिइन् । महिमाले सन् १९९७ मा फिल्म परदेसबाट बलिउडमा कदम राखेकी थिइन् । यो फिल्ममा उनी शाहरुख खानसँग देखिएकी थिइन् र फिल्म सुपरहिट भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप