शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेबल टेनिस खेलाडी अमर मल्ल सम्मानित

शनिबार, २८ चैत २०७७, १५ : ३१
शनिबार, २८ चैत २०७७

टेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ ।

स्पिन इभेन्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको देशव्यापी अन्तर वडा खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जिते र वडाको गौरव बढाएको भन्दै अमरलाई सम्मान गरिएको हो । अमर सोही वडा निवासी हुन् । २ सय ५६ खेलाडी सहभागी पुरुष सिंगल्स स्पर्धामा अमरले ८ खेलाडीलाई हराउने क्रममा फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।

वडा २५ का अध्यक्ष निलकाजी शाक्य, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, भेडासिं परिवारका सभापति दीपककुमार श्रेष्ठलगायतले अमरलाई खादा, प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । २५ वर्षको करियरमा इन्चोन र जाकर्ता एसियाडमा सहभागिता जनाइसकेका अमरले चीन र जर्मनीमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरिसकेका छन् । अमर १२ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टिम इभेन्टका कांस्य विजेता हुन् । राष्ट्रिय प्रतियोगितामा अमरले हासिल गरेको सबै भन्दा ठूलो उपब्धि तेश्रो हुने हो ।

सोही अवसरमा वडा २५ बाटै सोही प्रतियोगितामा सहभागी रजत जितेका शंकर पहरी र कांस्य जितेकी कृष्तिना थापालाई पनि नगदसहित सम्मान गरिएको थियो । अमरका व्यक्तिगत प्रशिक्षक एवं त्यसै प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पहिलो स्थान हात पारेका रञ्जन सुब्बा पनि नगदसहित सम्मानित भए । अमरलाई ए डिभिजन फुटबल लिग विजेता मच्छिन्द्र क्लबले पनि सोही कार्यक्रममा नगदसहित पुरस्कृत गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप