बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

औपचारिक घोषणा नहुँदै पत्रकार महासंघमा विपुल प्यानलको सुरु भयो विजयोत्सव !

शनिबार, २८ चैत २०७७, १५ : ०४
शनिबार, २८ चैत २०७७

नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न मतगणना अन्तिम चरणमा पुगेको छ ।  मतगणनाको अन्तिम नतिजा नआउँदै विपुल पोखरेल प्यानलले विजयोत्सव मनाएको छ । 
शनिबार पत्रकार महासंघ परिसरमा भेला भएको पोखरेल प्यानलले मतान्तर निकै फराकिलो भएकाले जित निश्चित भएको भन्दै खुसीयाली मनाउँदै अविरजात्रा गरेको हो । 

नेपाल पत्रकार महासंघमा उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित ज्ञान प्रसाद पौडेलले मतान्तर निकै फराकिलो भएको र अब सबै मत विपक्षमा आएपनि जित्ने निश्चित भएकाले विजयोत्सव मनाएको रातोपाटीलाई जानकारी दिए । 
निर्वाचन समितिले भने विजेताको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने बताएको छ ।   मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो।  

बुधबार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भएको थियो । 

महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए । 

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो भने केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी परेको थियो । 

यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी रहेका थिए ।  

महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप