बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मंगल  ग्रहमा देखिएको इन्द्रेणीको रहस्य

शनिबार, २८ चैत २०७७, १४ : ५४
शनिबार, २८ चैत २०७७

नासाको पर्सभरेन्स (PERSEVERANCE ) रोभरले मंगल ग्रहका अनेकन् तस्बिर पठाइसकेको छ । यी तस्बिरमध्ये एउटा तस्बिरले खुबै चर्चा पाइरहेको छ । यस तस्बिरमा मंगलग्रहको आकाशमा इन्द्रेणी देखिएको छ ।

इन्द्रेणी जसलाई हामी 'अप्टिकल इल्यूजन' भन्छौं अर्थात् एउटा यस्तो कुरा जुन वास्तविकतामा त हुन्नँ तर हामीलाई देखेको जस्तो लाग्छ । यो फगत् मौसम सम्बन्धी घटना (meteorological phenomenon) हो । आकाशमा  रहेका पानीका थोपा र सूर्यको प्रकाशको आपसी प्रक्रियाका कारण इन्द्रेणी देखिन्छ ।

आकाशमा पानीका स-साना थोपा हुन्छन् । जब सूर्यको प्रकाश यी पानीको थोपाबाट परावर्तित  (reflection), अपवर्तित (refraction ), प्रसारित (dispersion ) हुन्छन्,  त्यसबेला सूर्यको किरणको इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम आकाशमा देखिन्छ ।  सामान्तया मानिसको ३८० देखि ७५० नैनोमीटरका 'वेभलेन्थ' मात्रै हेर्न सक्छन् । इन्द्रेणीमा देखिने सातवटै रंग यसै 'रेन्ज' को 'वेभलेन्थ' को गुण हो ।

पृथ्वीमा इन्द्रेणी देखिनु सामान्य कुरा हो ।  यहाँको आकाशमा पानीका थोपा हुन्छन् तर मंगल ग्रहमा इन्द्रेणी कसरी देखियो किनकी मंगल ग्रहमा आकाशबाट पानी पर्दैनँ अर्थात् त्यहाँको आकाशमा पानीका थोपा हुन्नन् । मंगल ग्रहको अति चिसो वातावरणमा आकाशमा तरल पानीका थोपा सम्भव मानिँदैन ।

त्यसो भए त्यहाँ इन्द्रेणी कसरी देखियो?

 पर्सभरेन्स रोभरले पठाएको तस्वीरमा देखिएको इन्द्रेणीले खलबली  हुनु स्वाभाविक थियो । अंततः यसको जबाब पर्सभरेन्स रोभरले आफ्नो ट्विटर अकाउन्टमार्फत् दिएको छ । रोभरले लेख्यो - धेरैले मंगल ग्रहमा इन्द्रेणी देखिएको हो भनेर सोधिरहेका छन् । होइन, यहाँ यस्तो सम्भव छैन । यो क्यामेराको 'लेन्स फ्लेयर' (Lens Flare)  का कारण देखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप