जान्ह्वी कपुरलाई बिकिनीमा देखेर भड्किए प्रयोगकर्ताः भने, ‘श्रीदेवीको नाम खराब गरिरहेको छौ’

बलिउडकी सुन्दर नायिका जान्ह्वी कपुर मालदिभ्समा बिदा मनाएर भारत फर्किसकेकी छिन् । जान्ह्वीले मालदिभ्समा आफ्ना साथीहरुसँग असाध्यै मस्ती गरेको उनको सोसल मिडियामार्फत् देख्न सकिन्छ ।
जान्ह्वीले मुम्बई फर्किएपछि पनि आफ्नो तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी छिन् । कतिपय तस्बिरमा जान्ह्वीको बोल्ड अवतार पनि देखिएको छ ।
उनको यो हट अवतारमा कति सोसल मिडिया प्रयोगकर्ताले तारिफ गरिरहेका छन् भने कतिले उनलाई ट्रोल गर्न पनि बाँकी राखेका छैनन् ।
जान्ह्वीको यो तस्बिरमा एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘श्रीदेवीको नाम खराब गरिरहेकी छिन् ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रोभन्दा राम्रो बडी त मेरो छ ।’
जान्ह्वीको यो तस्बिरमा अहिलेसम्म ६ लाख ५१ हजार बढीले लाइक गरेका छन् ।
कामको कुरा गर्नुपर्दा जान्ह्वीलाई हालै राजकुमार राव र वरुण शर्मासँग फिल्म ‘रुही’ मा देखिएको थियो । अब जान्ह्वी कपुर गुड लक जेरी, तख्त र दोस्ताना टुजस्ता थुप्रै ठूला फिल्ममा देखिनेछिन् ।
जान्ह्वीको पछिल्लो फिल्मले बलिउड बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु