शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार महासंघ लुम्बिनीमा लोकतान्त्रिक प्यानलका गिरी फराकिलो मतान्तरले विजयी

शनिबार, २८ चैत २०७७, १४ : १७
शनिबार, २८ चैत २०७७

बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गिरी विजयी भएका छन् ।  प्रेस युनियन, प्रेस सेन्टर सहितको संयुक्त प्रगतिशील लोकतान्त्रिक लोकतान्त्रिक प्यानलका उनी निकै फराकिलो मतान्तरले विजयी भएका हुन् । 

गिरीले ९ सय ४६ मत ल्याए भने अध्यक्षका अर्का प्रत्यासी भरत केसीले ६ सय १७ मत प्राप्त गरे । पदाधिकारी र सदस्यमा पनि अधिकांश गिरि प्यानलका विजयी भएका छन्।

 प्रदेशको उपाध्यक्षमा शुक्रऋषि चौलागाई ९ सय ३६ मत ल्याइ विजयी भएका छन्। प्रत्यासी गणेशकुमार आचार्यले ५ सय ३० र शिवलाल सुवेदीले ९९ मत ल्याए। महिला उपाध्यक्षमा चुमा आचार्य ९ सय ८१ मत सहित विजयी भइन्। प्रतिस्पर्धी पुष्पा खनाल सम्झनाले ५ सय ६४ मत ल्याइन्।

महासचिवमा विक्रम खड्का विजयी भएका छन्। उनले ९ सय ६७ मत प्राप्त गरेका छन् भने प्रत्यासी विश्वराज पछ्लंगवा चौधरीले ६ सय मत ल्याएका छन्। सचिवमा जयसिंह केसी, समावेशी सचिवमा शिवकुमार सुनार र कोषाध्यक्षमा यमनाथ घिमिरे विजयी भएका छन्।

खुल्ला सदस्यमा किरण विक्रम शाह, केशरमान विशी, गोपाल भण्डारी, प्रेमनारायण आचार्य र भुवन कार्की विजयी भए। महिला सदस्यमा पार्वती बस्नेत, मीना ढकाल र सरला सुवेदी चयन भएका छन्। सरला भने भरत केसीको प्यानलबाट उमेदवार बनेर विजयी भएकी हुन् ।

आदिबासी जनजाति तर्फ गणेश सारु र टेकबहादुर मास्की, मधेशी तर्फ रामविकास चौधरी र विन्दुकुमार चौहान, दलित तर्फ चिन्ताबहादुर दर्जी र अल्पसंख्याबाट मोहम्मद आरिफ अन्सारी विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप