शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको नेतृत्वमा सरकार बन्छः महामन्त्री कोइराला

शनिबार, २८ चैत २०७७, १३ : ०५
शनिबार, २८ चैत २०७७

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्ने जिकिर समेत गरे । 
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । 

‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ’, उनले भने, ‘ यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’  माओवादीसहित जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो । 

अर्को प्रसंगमा उनले समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको र सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्न नहुनेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप